ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

उद्योग वाणिज्य महासंघद्वारा आर्थिक सहयोग

२०७६ चैत, २५  
समाचार
Image Not Found

चैत २६, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना देशैभरका जिल्ला नगर उद्योग वाणिज्य संघमार्फत स्थानीय स्तरमा गरिने सहयोगका लागि प्रत्येकलाई रू.५/ ५ हजारका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।     
     
 महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षतामा मंगलवार बसेको पदाधिकारी बैठकले देशभर रहेका १ हजारभन्दा बढी जिल्ला नगर उद्योग वाणिज्य संघलाई प्रत्येकलाई रू.५/ ५ हजारका दरले सो रकम उपलब्ध गराउने निर्णय भएको उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

देशका जिल्ला तथा नगर संघमार्फत स्थानीय स्तरमा खाद्यान्न, मास्कलगायतको सहयोग उपलब्ध गराउन थोरै भए पनि सहयोग पुगोस् भनेर रकम पठाउने निर्णय गरिएको ढकालले बताए ।     
     
 यसैगरी महासंघले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा रू.५० लाख सहयोग गरेको छ । नेपाल सरकारद्वारा स्थापित सो कोषमा उक्त रकमको चेक हस्तान्तरण गरेको महासंघले बताएको छ । । महासंघले उक्त रकमका अतिरिक्त केही खाद्यान्नलगायतका सामग्रीहरु पनि सहयोग गरेको थियो । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्