ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

घरेलु महासंघद्वारा प्रहरीलाई मास्क र साबुन प्रदान

२०७६ चैत, २५  
कर्णाली प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

चैत्र २६, वीरेन्द्रनगर । नेपाल घरेलु तथा साना उद्योग नगर महासंघ भेरीगंगा नगरपालिकाले इलाका प्रहरी कार्यालय  छिन्चुलाई मास्क तथा साबुन वितरण गरेको छ ।

कोरोना भाइरस संक्रमण हुनबाट ‘आफु पनि बचौं र अरूलाई संक्रमण हुनबाट बचाऊँ’ भन्ने हेतुले नेपाल प्रहरी र नगरपालिकालाई २७० थान मास्क र साबुन वितरण गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ भेरीगंगाका महासचिव रमेश शर्माले जानकारी दिए ।

उक्त सामग्री भेरीगंगा नगरपालिकाका प्रशासन प्रमुख सीताकुमारी खत्री र इलाका प्रहरी कार्यालय छिन्चुका इन्चार्ज माधवप्रसाद चौधरीलाई हस्तान्तरण गरिएको शर्माले बताए ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्