arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

२४.७४ अंकले बढ्यो नेप्से, १ अर्ब १२ करोडको कारोबार (२ बजेको अपडेट)

२०७६ माघ, २  
नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

माघ २, काठमाडौं । बिहीवार नेप्से कारोबार भएको तेस्रो घण्टामा २४ दशमलव ७४ अंकले बढेर १ हजार ३०८ दशमलव ९७ विन्दुमा पुगेको छ । १ हजार २८४ दशमलव २९ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा १ दशमलव ९३ प्रतिशत बढेको हो । 

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये अन्य समूह बाहेक बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । तेस्रो घण्टाको कारोबारमा १८० ओटा कम्पनीको रू. १ अर्ब १२ करोड बराबरको शेयर कारोबार भएको छ । 

यस अवधिमा हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ९ करोड ३४ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. १ हजार ५० मा कारोबार भइरहेको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्