ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तथ्यांकमा नेपालमा कोरोना भाइरस संक्रमण (अपडेट )

२०७६ चैत, २५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

चैत २६, काठमाडौं । नेपालमा पछिल्लो पटक कोरोना भाइरसको संक्रमितहरुको पहिचान गर्न स्थानीय तहमै प्रयासहरु तिव्रताका साथ भइरहेको छ ।


कोरोना भाइरसको संक्रमण तथा न्यूनिकरणका लागि सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरु  परिक्षणको दायर बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता  डा विकास देवकोटाले ती प्रदेशका विभिन्न जिल्लाबाट क्वारेन्टाइनमा रहेका ८०२ जनाको  घाँटीको स्वाबको नमूना लिइएको छ ।  

त्यहाँ अहिले र्‍यापिड परिक्षण तथा पीसीआर गर्न नमूना संकलन गर्ने काम तिव्रताका साथ भइरहेको छ । 

कोरोना भाइरस सम्वन्धि तथ्यांक अद्यावधिक गर्न शुरु गरिएको वेबसाइटमा बुधवार यो समाचार तयार पार्दाको  समय ५ : ३० बजेसम्म २ हजार ३६६ जनाको नमूना परिक्षण गरिएको  छ  जसमध्ये

राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालमा  १  हजार ९६५ र उपत्यकाबाहिर ४६१ जनाको नमूना परिक्षण गरिएको छ ।

हालसम्म १३४ जना आईसोलेशनमा रहेका छन् । मन्त्रालयका प्रवक्ता देवकोटाले नयाँ संक्रमित व्यक्ति नभएको र संक्रमित आठ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

देशका विभिन्न  भागमा हालसम्म ८ हजार ५८० जना क्वारेन्टाइनमा रहेका छन् । कोरोना भाइरस (कोभिड–१९) को  संक्रमणको न्युनीकरण तथा रोकथामको अवस्था बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक तथ्यांक दिन नयाँ वेबसाइटमा मार्फत दिइरहेको छ ।

मन्त्रालयले उक्त वेबसाइटमा कोभिड–१९ सम्वन्धि पछिल्लो तथ्यांकहरु अद्यावधिक गर्ने गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्