arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

रसुवा भन्सारबाट ६ महीनामा ७ अर्ब राजस्व संकलन    

२०७६ माघ, २  
प्रदेश बागमती
Image Not Found

माघ २, रसुवा । चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म छ महीनामा रसुवा भन्सार कार्यालयबाट रू.७ अर्ब ३३ करोड राजस्व संकलन भएको छ । दैनिक सरदर रू.३ करोड राजस्व संकलन हुने गर्छ ।     
     
रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार गत आवको शुरुको छ महीनामा भने रू. ५ अर्ब ६२ करोड राजस्व संकलन भएको थियो । 

उत्तरी नाका रसुवागढी हुँदै जुत्ता, चप्पल, थर्मस, इलेक्ट्रोनिक सामान, कम्बल, विद्युत्, निर्माणका सामग्री, कपडा, खेलौना, तयारी पोशाक, जिम्बू, जस्ता विविध सामग्री आयात हुने गरेको र यी सामग्रीको मूल्यांकनबाट उक्त राजस्व संकलन भएको बताइएको छ ।     
     
छिटोछरितो सामान परीक्षण गर्न ३० जाँचकी परिचालन गरिएको बताउँदै प्रमुख भन्सार अधिकृत खड्काले राजस्व चुहावट रोक्ने कार्यमा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा २१ नम्बर गुल्मले काम गरिरहेको जानकारी दिए ।     
     
चीनको केरूङबाट सामान लिई भन्सार हातामा प्रवेश गर्ने मालबाहक ट्रक कन्टेनरको छिटोछरितो परीक्षण भइरहेकोले दैनिक रूपमा ५०/ ६० ट्रक कन्टेनरको जाँचपास हुने गरेको बताइएको छ । 

स्थानीय प्रशासन, सुरक्षा निकायबाट भएको सहयोग एवं भन्सार कर्मचारीले गरेको योगदानकै कारण नियमित रूपमा राजस्व संकलन गर्ने कार्य सहज भएको भन्सार कार्यालयले बताएको छ । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्