ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

क्लियरिङ्ग हाउसद्वारा  क्लियरिङ्ग र अन्तरबैंक भुक्तानीमा समय वृद्धि 

२०७६ चैत, २५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

चैत २६, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले सञ्चालनमा रहेका प्रणालीहरु मध्ये ईलेक्ट्रोनिक चेक क्लियरिङ्ग र अन्तरबैंक भुक्तानी प्रणालीको समय वृद्धि गरेको छ ।

बिहीवारदेखि  क्लियरिङ्ग  हाउसले अपरान्ह १ : ३० बजेसम्म जम्मा गरिएका इलोक्ट्रोनिक चेकहरु र अन्तरबैंक भुक्तानी  आदेशहरु सोही दिनमा फछर्यौट हुने  र  उक्त समय सीमापछि प्रणालीमा आएका कारोबारहरु अर्को दिनमा फर्छौट हुने व्यवस्था  गरिएको बताएको छ । 

हालको लकडाउनको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुका सीमित शाखाहरुबाट मात्र कारोबार हुँदै आएको र ग्राहकहरुलाई शाखासम्म पुग्न समेत अप्ठेरो भएको छ ।

 क्लियरिङ्ग  हाउसले लकडाउनको दोस्रो हप्तासम्म ईलेक्ट्रोनिक चेक क्लियरिङ्ग  र अन्तरबैंक भुक्तानी प्रणालीमार्फत् प्रत्येक दिन ११ : ३० बजेसम्म प्राप्त भएका कारोबारको मात्र सोही दिनमा क्लियरिङ्ग गर्दै आएको थियो ।

क्लियरिङ्ग हाउसले चैत्र मसान्तमा अत्यावश्यक सेवा सुविधा अन्तर्गतका भुक्तानीहरुको चाप अधिक हुने हुँदा लकडाउनको तेस्रो हफ्ताको लागि क्लियरिङ्ग र सेटल्मेन्टको समय परिवर्तन गरेको हो ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको कनेक्ट आईपीएसबाट भने साविक बमोजिम २४ सै घण्टा  यसको मोबाइल  एप्स, वेबसाइट अथवा बैंक वित्तीय संस्थाका मोबाइल र ईन्टरनेट बैंकिङ्गबाट कारोबार गर्न सकिने पनि बताएको छ ।

क्लियरिङ्ग हाउसले लकडाउनको पहिलो र दोस्रो हफ्तामा क्रमश रू.१८ दशमलव ६ अर्ब र रू.३५ दशमलव ६ अर्ब बराबरको कारोबार फर्छौट गरेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्