arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आईपीओ जारी गर्न नेपाल इन्फ्रास्ट्रचर बैंकले तोक्यो विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

२०७६ माघ, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मघ २, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ

कम्पनीले रू. ८ अर्ब बराबरको रू.१०० अंकित दरको ८ करोड कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न विक्री प्रवन्धक नियुक्त गरेको हो ।
शेयर निष्काशन सम्बन्धी सम्झौता-पत्रमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट नायव–महाप्रबन्धक बिनयनाथ न्यौपाने र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव–प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरे ।

नेपाल इन्फ्रास्ट्रचर बैंक लिमिटेड नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो । उक्त बैंकले निष्काशन ग र्न लागेको आईपीओ हालसम्मकै नेपालको ठूलो सार्वजनिक निष्काशन हुनेछ । 

उक्त कम्पनीको अधिकृतपूँजी रू.४० अर्ब, जारीपूँजी रू.२०अर्ब र चुक्तापूँजी रू.१२ अर्ब रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पछि बैंकको चुक्तापूँजी रू.२० अर्ब हुनेछ । 

विसं २०७५ मा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई स्थापना भएको उक्त कम्पनीले गत वर्षको माघ २८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृती प्राप्त गरीे गत वर्षकै फागुन २२ गतेदेखि बैंकिङ कारोबार शुरुवात गरेको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्