arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिभिल लघुवित्तले माग्यो शतप्रतिशत हकप्रदको अनुमति 

२०७६ माघ, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

माघ २, काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 

कम्पनीले हाल कायम चुक्तापूँजी रू. ११ करोड ४१ लाख १४ हजारको आधारमा शतप्रतिशत हकप्रद जारी गर्न अनुमति मागेको हो । 

हकप्रद जारी गर्न कम्पनीले पुस १३ गते निवेदन दर्ता गरेको बोर्डको वेबसाइटमा उल्लेख छ । यो हकप्रद विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

कम्पनीले विसं २०७५ पुस २९ गते सम्पन्न गरेको वार्षिक साधारण सभाबाट शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । 

यस वर्षका लागि १० प्रतिशत लाभांश कम्पनीले प्रस्ताव गरेको छ । ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव कम्पनीको हो । 

गत असोज ५ गते लाभांश प्रस्ताव गरेको यस कम्पनीले साधारण सभाको मिति भने हालसम्म आव्हान गरेको छैन् । यो लाभांश पनि कम्पनीले रू. ११ करोड ४१ लाख १४ हजारकै आधारमा दिन लागेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्