ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

वीरेन्द्रनगरका जनप्रतिनिधिले चैत महीनाको घर भाडा नलिने 

२०७६ चैत, २६  
कर्णाली प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

चैत २७, वीरेन्द्रनगर । कर्णाली प्रदेशको राधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका अन्तर्गतका आफ्नो घर बहालमा दिएका सबै जनप्रतिनिधिले २०७६ चैतको १ महीनाको घर भाडा नलिने भएका छन् । वीरेन्द्रनगर नगरकार्यपालिकाको बुधवार वसेको बैठकले उक्त निर्णय गरेको हो ।

 साथै नगरक्षेत्रभित्र आफ्नो घर बहालमा दिने अन्य घरधनीहरूलाई समेत १ महीनाको भाडा मिनाहा गरिदिन आग्रह गर्ने निर्णय भएको  नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

वीरेन्द्रनगर नगरपालिकाले नगर बाहिरबाट आएका नागरिक र विद्यार्थीलाई पनि राहत बाँड्ने  वितरण गर्ने  निर्णय गरेको छ । नगर गौरवका आयोजनाबाट ८० लाख रुपैयाँ काटेर नगरमा ज्याला मजदूरी गर्ने र विद्यार्थी परिवारलाई अत्यावश्यकीय राहत उपलब्ध गराउने बुधवार बसेको बैठकले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्