ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विद्यार्थीको सट्टामा रोबोटले लिए दिक्षान्त

२०७६ चैत, २६  
र यो पनि
Image Not Found

चैत  २७, टोकियो (जापान) । अहिले विश्वभर कोरोना भाइरसको महामारी फैलिएको छ । सार्वजनिक स्थलमा भेला कम गर्न र संक्रमण फैलन नदिन जापानले पनि बसन्त दिक्षान्त समारोह रद्द गरेको छ ।

 तर त्यहाँको एउटा विश्वविद्यालयले भने घरमै बसिबसी दिक्षान्त लिएको छ । यो दिक्षान्त विद्यार्थीहरुको रोबोट अवतारले लिएको हो । 

दिक्षान्त समारोहमा टोकियोस्थित बिजनेश ब्रेकथ्रू यूनिभर्सिटीले रोबोटलाई विद्यार्थीले लगाउने दिक्षान्त पोशाक र टोपी लगाएर दिक्षान्त दिएको थियो । 

रोबोटको मुहारमा भने दिक्षित हुनेहरुको मुहार देखिने गरी ट्याबलेटको डिस्प्ले राखिएको थियो । विद्यार्थीहरुले घरबाटै ल्यापटपमार्फत लग अन गरेर रोबोटलाई नियन्त्रण गर्दै दिक्षान्त लिए ।

सामान्य विद्यार्थीहरु झैं रोबोट पनि एक– एक गरेर मञ्चमा प्रमाणपत्र लिन गएका थिए । रोबोट अवताररुपी विद्यार्थीले विश्वविद्यालयका अध्यक्ष केनिची ओहामेबाट दिक्षित हुने बित्तिकै विश्वविद्यालयका कर्मचारीहरुले ताली बजाएर बधाइ भनेका थिए ।

यो नौलो अनुभव भएको स्नातकोत्तर तहको प्रमाणपत्र हासिल गरेकी एक विद्यार्थी काजुकी तामुराले बताइन् । यो विधि अन्य विश्वविद्यालयले समेत अपनाउन सक्ने अपेक्षा गगरिएको छ । 

महामारीका बीचमा रोबोटले पनि सामाजिक दूरीको अभ्यास गर्न सिकोस् भनेर दिक्षान्त समारोहमा चार जनालाई मात्रै  दिक्षित गरिएको थियो । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्