ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

रुसमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो 

२०७६ चैत, २६  
अन्तरराष्ट्रिय
Image Not Found

चैत २७, मस्को (रुस) । रुसमा बिहीवार कोरोना संक्रमितको संख्या १० हजारमाथि पुगेको छ । आगामी हप्ता कोरोना भाइरस विरोधी लडाई निर्णायक साबित हुने राष्ट्रपति भ्लादिमिर पुटिनले बताएको एक दिन नबित्दै संक्रमण सो स्तरमा पुगेको हो ।

 बिहीवार संक्रमण १ हजार ४५९ ले बढेको त्यहाँको राष्ट्रिय कोरोना भाइरस संकट निवारक केन्द्रले आफ्नो वेबसाइटमा भनेको छ । यो अहिलेसम्मकै उच्च दैनिक वृद्धि हो । 

उक्त दिन संक्रमणकै कारण १३ जनाको मृत्यु भएको बताइएको छ । योसँगै मर्नेको संख्या ७६ पुगेको छ । संक्रमण मस्कोमा सबैभन्दा धेरै छ । 

संक्रमण धेरै भएका क्षेत्रमा आंशिक लकडाउन गरिएको छ । खानेकुरा र आकस्मिक स्वास्थ्य सेवाबाहेक अन्य काममा घरबाहिर नजान स्थानीय बासिन्दाहरुलाई आदेश दिइएको छ । 

शुरुआती दिनमा पश्चिम यूरोपेली देशको तुलनामा रुसमा कोरोनाको संक्रमण निकै कम थियो । यो महीनादेखि संक्रमितको संख्या तीव्र गतिमा बढेको छ । भाइरस मस्कोबाहिर समेत फैलिसकेको छ । रुसमा भाइरसको संक्रमण मस्कोबाट शुरु भएको हो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्