ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना भाइरस :  विश्वमा मर्नेको संख्या एक लाख नजिक

२०७६ चैत, २७  
अन्तरराष्ट्रिय
Image Not Found

चैत २८, जेनेभा । विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या करीब १ लाख छेउछाउ पुग्न लागेको  जोन हप्किन्स यूनिभर्सिटीले बताएको छ ।

जोन हप्किन्सले यस्तो आंकडा प्रस्तुत गर्दै शुक्रवार नेपाली समय ९ : ३० बजेसम्म विश्वमा मर्नेको संख्या ९७ हजार २६४ भएको तथ्यांक सार्वजनिक गरेको छ ।  त्यस्तै उसले इटालीमा १८ हजार २७९,  स्पेनमा १५ हजार ८४३,फ्रान्समा १२ हजार २१०,बेलायतमा ७ हजार ९७८, अमेरिकामा ५ हजार १५०, इरानमा ४ हजार ११०,बेल्जियमा ३ हजार १९,जर्मनीमा २ हजार ६०७, नेदरल्याण्डमा २ हजार ३९६ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

साथै उसले विश्वभर संक्रमितको  संख्या १६ लाख २२ हजार १६७ जना संक्रमित रहेको र ३ लाख ६५ हजार २५० जनालाई निको भएको पनि बताएको  छ ।

बीबीसीले  जोन हप्किन्सलाई उद्धृत गर्दै बताएअनुसार  यो संख्या अझ बढ्न सक्दछ किन भने विश्वमा मर्नेको संख्या कतिपय राष्ट्रले अस्पतालबाहिर कोरोना भाइरसबाट मरेका संख्यालाई आफ्नो  देशको तथ्यांकमा समावेश गरेका छैनन् ।

तर विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले नेपाली समय ९ : ३० सम्म अद्यावधि गरेको तथ्यांकमा कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस संक्रमणबाट विश्वभरी १५ लाख २१ हजार २५२ संक्रमित तथा संसारभरि ९२ हजार ७९८ को मृत्यु भएको आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

बीबीसीले भने विज्ञहरुलाई उद्धृत गर्दै छोटो समयमा मृत्यु हुनेहरुमा स्वास्थ्य अवस्था कमजोर रहेका र बृद्धहरुमा कोरोना भाइरसको संक्रमण पनि कारकतत्व रहेको आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । विभिन्न श्रोत तथा समाचार एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्