ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आगामी वर्षमा पनि आकर्षक लाभांश उपलब्ध गराउने कृषि विकास बैंकका सीईओको प्रतिबद्धता

२०७६ माघ, ५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

माघ ५, काठमाडौं । कृषि विकास बैंकले विगतका वषैझैं  आगामी वर्षमा पनि आकर्षक लाभांश उपलब्ध गराउन निरन्तरता दिने बताएको छ ।

आगामी माघ ७ गते हुने बैंकको ५३ औं वार्षिकात्सवको पूर्वसन्ध्यामा आइतवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त योजनाबारे जानकारी दिइएको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्यायले विगतका वर्षहरुमा औसत १५ प्रतिशत लाभांश दिँदै आएको बैंकले आव २०७५/ ७६ मा ३० प्रतिशत लाभांश शेयरधनीलाई उत्साहजनक रुपमा उपलब्ध गराएको बताए ।

उनले गत वर्ष बैंकले अघिल्लो वर्ष २१ दशमलव शूनय ५ प्रतिशत  उपलब्ध गराएको भन्दै यो क्रम वर्षेनी बढ्दै जाने पनि  बताए ।


उनले स्थानीय तहसँग सहकार्य गरी सहुलीयतपूर्ण कर्जा र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी होमस्टेमा कर्जा प्रवाह गर्ने लागिएको बताए । 
साथै उनले रू.२ अर्ब ५० करोडको बराबरको ‘एडीबीएल–कृषि बैंक ऋणपत्र २०८३’ निस्काशन गर्न लागिएको पनि बताए ।

सीईओ उपाध्यायले जारी गरेको लिखित मन्तव्यमा कृषि विकास बैंकले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी होमस्टे एशोसिएशन नेपालसँग सम्झौता गरी सरल होमस्टे कर्जा प्रवाह गर्ने उल्लेख गरे  ।
 

उनले होमस्टे एशोसिएशनमा करीब १ हजार होमस्टे आवद्ध रहेकोले सोही क्षेत्रमा काम गर्ने योजना बैंकले बनाएको बताए । 

गएको १ वर्षमा बैंकले सहुलियतपूर्ण कृषि अनुदान कर्जामा करीब २ हजार ५०० भन्दा बढीमा करीब रू.५ अर्व ५८ करोड रकम लगानी गरेको जानकारी दिदै उनले भने, ‘यस कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न बैंकले प्रदेश कृषि मन्त्रालय, ग्रामीण पद्धति केन्द्र (महिला ५००, ८ जिल्लामा), ७ जिल्लामा हेफर इन्टरनेशनल, किसान महासंघ, युवा परिषद् आदिसँग सहकार्य गरी लक्षित वर्गमा कर्जा तथा बैकिङ्ग सेवाको विस्तार गर्ने क्रममा छौं ।’ 

यसैगरी बैंकले आगामी ७ वर्षका लागि १० दशमलव ३५ प्रतिशत व्याजदरमा प्रति ऋणपत्र १ हजार अंकित मूल्यमा २५ लाख कित्ता बराबरको रु.२ अर्ब ५० करोडको ऋणपत्र  निस्काशनको अन्तिम तयारीमा रहेको उनले जानकारी दिए ।

 ‘हाम्रो १ करोडभन्दा माथिको कर्जाको भार कुल कर्जामा १ प्रतिशतभन्दा न्यून छ, १० लाखभन्दा कम कर्जाको भार ८४ प्रतिशत रहेको र यी सबैजसो कर्जा ग्रामीण भेगका कृषक, मजदुर र साना तथा मझौला कर्जाका रुपमा रहेका छन्, हामीले यो विश्वासलाई अझ बलियो बनाउन कृषक र ग्रामीण भेगका जनतालाई “बैंकले लिनमात्रै होइन, दिन पनि जान्दछ” भनी यो ऋणपत्र जारी गर्न लागेका हौं’, उनले भने । 

विसं २०२४ सालमा सरकारको पूर्ण स्वामित्वमा रही संचालित यो बैंक अहिलेसम्मको यात्रामा आइपुग्दा “कृषिलाई नछोड्ने, अरुलाई जोड्ने” अभियानमा क्रियाशील रहेको उनको दाबी छ । 

बैंकले खराब कर्जालाई नियन्त्रण गर्दै गुणस्तरीय सेवाका माध्यमबाट ग्रामीण क्षेत्रमा आफ्नो बैंकिङ्ग कारोबारलाई प्रविधिमैत्री एवं डिजिटल पद्धतिमा जोड दिने नीति लिएको उनले बताए । 

बैंकको पछिल्लोसमय करीब १२ लाख निक्षेपग्राही, करीब १ लाख ४५ हजार कर्जाग्राही, करीब २ लाख ६२ हजारले मोबाइल बैकिङ सेवा तथा एप्स, करीब ८१ हजारले भिषा डेबीट कार्ड  प्रयोगकर्ता रहेका छन् । 

साथै नेपाल सरकारले आह्वान गरेको “सबै नेपालीको बचत खाता” खोलौं बैंक खाता अन्तर्गत ५२ हजारभन्दा बढी बैंक खाता खोल्न सफल भएको बैंकले जानकारी दिएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्