ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

हिउँदे झरीले इँटा उद्योगमा लाखौं क्षति

२०७६ माघ, ६  
प्रदेश ०५
Image Not Found


दाङ (अस) । दाङमा हिउँदे झरीले करीब ३ करोड ५० लाख रुपैयाँ बराबरको इँटामा क्षति भएको छ । तीन दिनसम्म परेकोे झरीले जिल्लाका विभिन्न स्थानका इँटा उद्योगमा उक्त मूल्य बराबरको काँचो इँटामा क्षति पुगेको दाङ देउखुरी इँटा व्यवसायी संघले बताएको छ ।

झरीले काँचो इँटा गलेर नष्ट भएको इँटा उद्योगीहरूले बताएका छन् । एउटा इँटा उद्योगमा ५ लाखदेखि ७५ लाख रुपैयाँ बराबरको इँटामा क्षति भएको संघका अध्यक्ष रोम ओलीले बताए ।

जिल्लामा इँटा उद्योगहरूले मंसिर र पुसमा काँचो इँटा तयार पारेर भट्टामा पोल्ने तयारी गर्दछन् । यसरी बनाएर राखिएका काचो इँटा पटक पटक आएको वर्षाले क्षति भएको अध्यक्ष ओलीले बताए । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार २०७६ असार मसान्तसम्ममा जिल्लाका दशओटै स्थानीय तहमा गरी ६३ ओटा इँटा उद्योग सञ्चालनमा छन् । ती उद्योगले करोडौं मूल्यको इँटा उत्पादन गर्दै आएका छन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्