ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपालमा कोरोना संक्रमितको संख्या १२ पुग्यो 

२०७६ चैत, २९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

चैत ३०, काठमाडौं । नेपालमा हालसम्म कोरोना भाइरसका संक्रमितको संख्या  १२ पुगेको पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूष्टि गरेको छ ।

 वीरगञ्जको छपकैयास्थित एक मस्जिदमा बसेका ३ जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएपछि यो संख्या बढेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा शनिवार गरिएको दोस्रो परीक्षणमा उनीहरूमा कोरोना भाइरस संक्रमण भएको पूष्टि भएको हो ।

हेटौंडामा गरिएको टेस्टमा पनि उनीहरुमा भाइरस संक्रमण पोजेटिभ देखिएपछि  हेटौंडास्थित ल्याबले उनीहरूको स्वाब थप परीक्षणका लागि शनिवार नै काठमाडौं पठाएको थियो ।

नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरिरहेका तीन जना भारतीयको ‘ट्राभल हिस्ट्री’ पत्ता लगाउन कठिन भएको छ । 

यसअघि कोरोना संक्रमितहरुको संख्या ९ थियो । तर यहिक्रममा झण्डै एकसाता पछि  वीरगञ्जस्थ्ति क्वारेनटाइनमा रहेका ३ जना भारतीय नागरिकमा  कोरोना भाइरसको संक्रमण पोजेटिभ फेला  परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उनीहरु कहाँबाट संक्रमित भएर वीरगञ्ज आइपुगे भन्ने बारेमा केहि खुल्न सकेको छैन ।

कोरोना भाइरसको संक्रमण तथा न्यूनिकरणका लागि भइरहेको प्रयासका क्रममा मुलुकभर परिक्षण जारी रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  कोरोना भाइरस सम्वन्धि तथ्यांक अद्यावधि गर्न शुरु गरेको वेबसाइटमा शनिवार यो समाचार तयार पार्दाको  समय ३ ः ०० बजेसम्म नेपालमा ४ हजार ४२९ जनाको परिक्षण  सम्पन्न भइसकेको र सो मध्ये हालसम्म १२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयको वेबसाइटमा उल्लेख गरिएको छ ।

 सो अवधि सम्ममा ८२ जना आईसोलेशनमा रहेको उल्लेख छ  । नेपालमा हालसम्म  १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा एक जनाको निको भएको  छ भने बाँकी ११ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला दिनमा थप नयाँ व्यक्तिमा कोरोना भाइरसको संक्रमण नदेखिएको बताइरहँदा आइतवार थप तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्