ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

३ वर्षभित्र २५ देखि ३० ओटाको संख्यामा लघुवित्त संस्थाहरुलाई झार्नुपर्छ :  डेपुटी गर्भनर सिवाकोटी

२०७६ माघ, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

माघ ६, काठमाडौ, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १९ औं वार्षिकोत्सव सोमवार काठमाडौंमा सम्पन्न भएको छ ।

सो अवसरमा प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले आगामी तीन वर्षसम्ममा लघुवित्त संस्थाहरु २५ देखि ३० ओटाको संख्यामा झार्नुपर्ने आवश्यकता रहेको बताए । 

उनले आगामी दिनमा गुणस्तरीय र दीगो सेवा प्रभावकारी ढंगले प्रवाह गर्नका लागि लघुवित्तले पनि प्रविधिमा लगानी गर्नुपर्ने आवश्यकतामा जोड दिए । उनले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले नेपालका वित्तीय क्षेत्रमा योगदान पुर्‍याएको चर्चा  गर्दै १९ औ वार्षिकोत्सवले थप उर्जाका साथ कार्यक्षेत्रमा लाग्न मद्दत  पुरयाओस भने ।

समारोहमा लघुवित्त अभियन्ता शंकरमान श्रेष्ठलाई नेपालको लघुवित्त क्षेत्रको विकास र विस्तारमा पुर्‍याएको योगदानको कदर स्वरुप अभिनन्दन गरिएको थियो । उक्त अवसरमा उनले लघुवित्त क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धाले लघुवित्तको छवीमा ठूलो असर पुगेको र यसलाई समयमै सुधार गर्न नियामक निकायले विशेष भूमिका खेल्नुपर्ने बताए । 

उनले लघुवित्त कार्यक्रममा आवद्ध भइ कर्जाको सदुपयोग गर्न सके आर्थिक अवसर सृजना हुने बताए । साथै  उनले लघुवित्त नाफामूखि व्यवसाय नभइ सेवा मूलक व्यवसाय रहेको बताए । 

उक्त कम्पनीका संचालक समितिका अध्यक्ष तथा समारोहका सभापति राम कुमार श्रेष्ठले लघुवित्त गरिवी निवारणको उपयुक्त अस्त्र भएकोले यसको स्वस्थ विकास र विस्तारमा जोड दिनुपर्ने बताए ।


प्रमुख कार्यकारी अधिकृत भोजराज वस्यालले सातै प्रदेशका ६१ जिल्लामा रहेका १४० ओटा शाखा कार्यालयबाट २ लाख ४५ हजार घरपरिवारलाई प्रत्यक्ष सेवा पुर्‍याएको बताए ।


समारोहमा वित्तीय संस्थामा आवद्ध ज्येष्ठ ग्राहक सदस्यहरु, उत्कृष्ट लघुउद्यमी, वचतकर्ता तथा केन्द्रहरु, संचालक समितिका पूर्व संचालकहरु लगायत २० वर्ष सेवा गरेका कर्मचारीहरुलाई सम्मान गरिएको थियो । 

वित्तीय संस्थाले प्रत्येक वर्ष माघको पहिलो साता देशका विभिन्न स्थानमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर, समुदाय विकास, वातावरण संरक्षण तथा अन्य सामाजिक कार्य गरी वार्षिकोत्सव मनाउँदै आएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्