ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतमा आन्तरिक हवाई यात्रीको संख्या नयाँ उचाईमा 

२०७६ माघ, ६  
अन्तरराष्ट्रिय
Image Not Found

माघ ६,  नयाँ दिल्ली (भारत) । भारतमा आन्तरिक हवाई यात्रीहरुको संख्या अहिलेसम्मकै नयाँ उचाईमा पुगेको छ । सन् २०१९ मा त्यहाँ कुल १४ करोड ४० लाखले हवाई यात्रा गरेका छन् । 

यो सन् २०१८ को तुलनामा ३ दशमलव ७४ धेरै हो । वृद्धिको यो दर अघिल्लो वर्षको भन्दा चाहीं निकै कम हो । त्यतिबेला हवाई यात्रीको संख्या दोहोरो अंकले बढेको थियो । 

गत वर्षको सोही अवधिको तुलनामा डिसेम्बर महीनामा भने यात्री संख्या २ दशमलव ५६ प्रतिशतले बढेको थियो । 

घरेलु विमान सेवा प्रदायक कम्पनी जेट एयरवेजको कारण सन् २०१९ अवरोधको सामना गरेको भएपनि सन् २०२० मा फरक हुने र यात्रीको संख्या पनि दोहोरो अंकले बढ्ने सरकारी अनुमान छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्