ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना संक्रमणबाट विश्वमा १९ लाख २६ हजारभन्दा बढी संक्रमित (अपडेट)

 १ लाख १९ हजार जनाभन्दा बढीको मृत्यु    

२०७७ बैशाख, २  
अन्तरराष्ट्रिय
Image Not Found

वैशाख २, जेनेभा । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस संक्रमणबाट  मंगलवारसम्ममा विश्वभरी १९ लाख २६ हजार २३५ जना संक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि १ लाख १९ हजार ७२४ को मृत्यु भएको छ ।     
     
यसैबीच यसको  संक्रमणबाट ४ लाख ५२ हजार ३६७ जना निको भएका छन् । अमेरिकामा मात्र ५ लाख ८७ हजार १७३ जना संक्रमित भएका छन् । मंगलवार मध्याह्नसम्मको यो तथ्यांक अन्तरराष्ट्रिय सञ्चार माध्यमहरु सार्वजनिक गरेको हो ।     
     
कोरोना भाइरस संक्रमणबाट अत्यन्त प्रभावित केहि मुलुकको पछिल्लो परिदृश्य ।     
     
अमेरिकामा कोरोना  संक्रमणबाट २३ हजार ६४४ जनाको मृत्यु भएको छ भने ५ लाख ८७ हजार १७३  जना संक्रमित भएका छन् । त्यस्तै ३६ हजार ९४८  जनालाई निको  भएको छ । यसैगरी स्पेनमा यसको संक्रमणबाट १७ हजार ७५६ जनाको मृत्यु भएको छ भने १ लाख ७० हजार ९९ जना संक्रमित रहेका छन् भने ६४ हजार ७२७ जनालाई निको  भएको छ ।

यसैगरी इटालीमा २० हजार ४६५ जनाको मृत्यु भएको छ भने १ लाख ५९ हजार ५१६  जना संक्रमित रहेका छन्, ३५ हजार ४३५ जना संक्रमित रहेका  छन् । त्यस्तै  फ्रान्समा १४ हजार ९६७ जनाको मृत्यु भएको छ भने १ लाख ३६ हजार ७७९  जना संक्रमित  छन्,२७ हजार ८१८ जनालाई निको  भएको छ । यस्तै जर्मनीमा ३ हजार १९४ जनाको मृत्यु  भएको छ भने १ लाख ३० हजार ७२ जना संक्रमित  छन्  । ६८ हजार २०० जनालाई निको भएको छ ।

त्यसैगरी बेलायतमा ११ हजार ३२९ जनाको मृत्यु भएको छ भने ८८ हजार ६२१ जना संक्रमित भएका छन्, ३४४ जना भने निको भएर घर फर्किएका छन् ।    रासस/ एएफपी  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्