ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

धनकुटामा र्‍यापिड डाइग्नोष्टिक टेस्ट शुरू

२०७७ बैशाख, २  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २, धनकुटा । जिल्ला अस्पताल धनकुटामा र्‍यापिड डाइग्नोष्टिक टेस्ट शुरू भएको छ । कोरोना भाइरस रोकथामका लागि जिल्ला अस्पतालले यसको शुरुआत गरेको हो । 
मंगलवारदेखि धनकुटासहित संखुवासभा, तेह्रथुम, भोजपुर र पाँचथरमा र्‍यापिड डाइग्नोष्टिक टेस्ट शुरू भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले बताएको छ । धनकुटामा विगत २१ दिनमा विदेशबाट आएका १७ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईंले जानकारी दिए । मंगलवार धनकुटा अस्पतालमा ३ जनाको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको कार्यालयले बताएको छ । प्रदेश सरकारले धनकुटाका लागि १३० ओटा किट उपलब्ध गराएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्