ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नबिल बैंक र आईसीएफसी फाइनान्सलाई ऋणपत्र जारी गर्न बोर्डको अनुमति

२०७६ माघ, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

माघ ७, काठमाडौं । नबिल बैंक र आईसीएफसी फाइनान्सले ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बार्डको अनुमति पाएका छन् । 

यी दुई कम्पनीले ऋणपत्र जारी गर्न बोर्डबाट माघ ६ गते अनुमति पाएका हुन ।

नबिल बैंकले  १० प्रतिशत ब्याजदरमा विसं २०८२ सम्मको लागि ऋणपत्र जारी गर्नेछ । 

बैंकले २० लाख कित्ता ऋणपत्र जारी गर्नेछ । सो मध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि र १२ लाख कित्ता व्यक्तिगत संघसंस्थालाई विक्री गर्नेछ । विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

आईसीएफसी फाइनान्स कम्पनीले १२ प्रतिशत ब्याजदरमा विसं २०८३ सम्मको लागि २ लाख कित्ता ऋणपत्र जारी गर्नेछ । 

२ लाख कित्ता मध्ये ८० हजार कित्ता सर्वसाधारणको लागि र १ लाख २० हजार कित्ता व्यक्तिगत संघसस्थाको लागि विक्री गर्नेछ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्