ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतीय फूड डेलिभरी व्यवसाय यूबरले बेच्यो जोमाटोलाई

२०७६ माघ, ७  
अन्तरराष्ट्रिय
Image Not Found

माघ ७, नयाँ दिल्ली (भारत) । अमेरिकी बहुराष्ट्रिय अनलाइन ट्याक्सी सेवा प्रदायक कम्पनी यूबरले आफ्नो फूड डेलिभरी व्यवसाय भारतीय प्रतिस्पर्धीलाई बेचेको छ ।

कम्पनीले यूबर इट्स जोमाटोलाई बेचेको हो । यसबापत कम्पनीले जोमाटोको ९ दशमलव ९९ प्रतिशत शेयर लिनेछ । यूबर इट्सका सबै ग्राहकहरु जोमाटोलाई ‘रिडाइरेक्ट’ गरिने छ । 
यस अधिग्रहणले व्यवसायमा कार्यरत कर्मचारी कटौती हुन्छ कि हुँदैन भन्ने चाहीं अस्पष्ट छ ।

यो सम्झौतासँगै भारतीय बजारमा जोमाटोको पकड बलियो हुने विश्लेषण गरिएको छ । 

अहिले जोमाटोले भारतका ५०० भन्दा धेरै शहरमा सेवा सञ्चालन गरिरहेको छ । यूबरले सन् २०१७ मा भारतमा यूबर इट्स लञ्च गरेको थियो । 
स्थापनादेखि नै कम्पनीले त्यहाँ उपभोक्ता आधार बढाउने निकै कोशिस गर्‍यो । 

तर जोमाटो र स्विगीसँगको तीव्र प्रतिस्पर्धाका कारण व्यवसाय निरन्तर घाटामा चल्न थालेपछि कम्पनीले अन्ततः फूड डेलिभरी व्यवसाय बेच्ने निर्णय गर्‍यो । 

जोमाटो चिनियाँ अनलाइन कम्पनी अलिबाबा समर्थित कम्पनी हो भने स्विगीमा चिनियाँ दूरसञ्चार कम्पनी टेन्सेन्टको लगानी छ । एजेन्सी   

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्