ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

क्वान्चाउबाट स्वास्थ्य सामग्री लिएर आए निगमका दुवै जहाज

२०७७ बैशाख, ५  
समाचार
Image Not Found

वैशाख ५, काठमाडौं । चीनको क्वान्चाउबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए–३३० जहाज काठमाडौं आइपुगेका छन् ।

व्यवसायीले चार्टर गरेका निगमका दुवै जहाज स्वास्थ्य सामग्री लिन बिहीवार राति क्वान्चाउ उडेका थिए । दुवै जहाज शुक्रवार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलले जानकारी दिएको छ । के–कति परिणाममा सामग्री ल्याइयो भन्ने खुलेको छैन ।

चीनबाट स्वास्थ्य सामग्री ल्याउन दुई व्यावसायिक समूहले निगमका जहाज चार्टर गरेका थिए । निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते क्वान्चाउबाट स्वास्थ्य सामग्री ल्याएको थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्