ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

के हो कोरोना भाइरस ? कसरी बच्ने ? 

२०७६ माघ, ९  
स्वास्थ्य र जीवन शैली
Image Not Found
author avatar चिरञ्जीवी आचार्य

माघ ९, काठमाडौं । पछिल्लो केही दिनयता विश्वभर फैलिएको कोरोना भाइरसले चिन्ता बढाएको छ । चीनको हपेई प्रान्तस्थित वुहान सहरमा पहिलोपटक यो भाइरस फेला परेको थियो । तर अहिले यो भाइरस दक्षिण कोरिया, थाइल्यान्डदेखि अमेरिकासम्म फैलिसकेको छ ।

कोरोना भाइरसबाट बच्न नेपालको पनि पूर्वसर्तकता

त्यसैले त्यसबाट सतर्क रहनु जरुरी रहेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यो भाइरसको विषयमा आपत्कालीन बैठक बोलाइसकेको छ । 

बिहीवारसम्ममा यो भाइरसबाट मृत्यु हुनेको संख्या १७ पुगिसकेको छ । साथै, करीब ५०० मानिसको यो भाइरसको संक्रमण देखिएको छ । यहाँ कोरोना भाइरससम्बन्धी केही जानकारी उल्लेख गरिएको छ – 
१. के हो कोरोना भाइरस ? 

कोरोना भाइरस अन्य सामान्य भाइरसजस्तै एक भाइरस हो । यो भाइरस चिसोको कारण लाग्छ । यसले मानिसको नाक र घाँटीमा आक्रमण गर्छ । सबै कोरोना भाइरस खतरानक हुँदैनन् । सन् १९६० को दशकमा पहिलोपटक यो भाइरस पत्ता लागेको थियो ।

सन् २०१२ मा कोरोना भाइरसकै एक प्रकार मिडिल इस्ट रेस्पाइरेटरी सेन्ड्रोम (मेर्स) बाट करीब ८५८ जनाको ज्यान गएको थियो ।

त्यस्तै सन् २००३ मा चीनमा यसकै अर्को प्रकार सार्स भाइरस देखिएको थियो । यो भाइरसबाट ७७४ जनाको ज्यान गएको थियो । 

अहिले चीनमा पाइएको कोरोना भाइरस नोभल कोरोना भाइरस (२०१९–एनसीओभी) हो । यो भाइरस पनि खतरानक प्रकार मध्येकै हो । यो भाइरस कहाँबाट आएको हो भन्ने खुलेको छैन ।

यसले मानिस र जनावर दुवैलाई आक्रमण गर्न सक्छ । अहिले चीनमा देखिएको यो भाइरस पनि जनावरबाट नै मानिसमा सरेको अनुमान गरिएको छ । पछिल्लो एक अध्ययनले यो भाइरस सर्पबाट मानिसमा सरेको हुन सक्ने देखाएको छ । 

२. लक्षण 

यो भाइरस लागेपछि अन्य फ्लुजस्तै लक्षणहरु देखा पर्छन् । रुघा लाग्ने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुनु र अस्वस्थ महशुस हुनु यो भाइरसको लक्षण हो ।

 

३. सर्ने तरिका 

यो भाइरस पनि अन्य सामान्य रुघाखोकीजस्तै श्वासप्रश्वासको माध्यमबाट सर्ने गरेको अनुसन्धानले देखाएको छ । यो भाइरसको संक्रमण भएको व्यक्तिसँगको सम्पर्कले श्वासप्रश्वासको माध्यमबाट स्वस्थ व्यक्तिमा यो भाइरसको संक्रमण हुने गर्छ ।

यो भाइरसबाट मृत्यु भएका १७ मध्ये अधिकांश वृद्ध पुरुष र अन्य स्वास्थ्य समस्याबाट प्रभावित भएका मानिस चीनले बताएको छ । अझै यो भाइरस कसरी सर्छ भन्ने विषयमा अनुसन्धान भइरहेको छ । यसको पूर्ण विवरण आएपछि मात्र यो भाइरस कसरी सर्छ भन्ने थाहा पाउन सकिन्छ । 

४. बच्ने उपाय

अहिलेसम्म यो भाइरसको कुनै उपचार पत्ता लागेको छैन । त्यसैले यसबाट बच्न विश्वभर सतर्कता अपनाइएको छ । तर, यो भाइरस अत्यधिक तीव्र गतिमा फैलिरहेकाले पनि चिन्ता बढ्दो छ । यो भाइरसबाट बच्न यो भाइरसको संक्रमण भएका मानिसबाट टाढै रहने एक उपाय हो ।

त्यसका साथै मास्कको प्रयोग गर्ने, नचिनेका मानिससँग कुरा गर्दा अलि परै बस्ने, हातले आँखा, मुख र नाक नचलाउने, बाहिरबाट आएपछि राम्रोसँग साबुन पानीले हात धुनेजस्ता उपाय अपनाएर कोरोना भाइरसबाट बच्न सकिन्छ । 

यो भाइरस लागिहालेको खण्डमा सामान्य रुघाखोकीजस्तै पर्याप्त मात्रामा रसिलो खानेकुरा खाने, पर्याप्त मात्रामा आराम गर्ने र चिकित्सकको सल्लाह अनुसार यसलाई रोकथाम गर्ने औषधि खानुपर्छ । एजेन्सीको सहयोगमा

यो पनि हेर्नुहोस्

कोरोना भाइरस : चीनमा फर्मा कम्पनीको शेयर बढ्यो

थप १४० कोरोना भाइरस संक्रमित भेटिए

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ पुग्यो

 

 

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्