ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

राहत वितरणका लागि बैतडीका स्थानीय तहलाई बजेट

२०७७ बैशाख, ५  
सुदूरपश्चिम प्रदेश
NA
author avatar अभियान संवाददाता

वैशाख ५, बैतडी  । सुदूरपश्चिम सरकारले बैतडीका १० ओटै स्थानीय तहलाई राहत वितरणका लागि जनसंख्याको आधारमा बजेट दिएको छ । लकडाउनका कारण ज्यालामजदूरी गरेर जीविका चलाइरहेका असहाय, विपन्न परिवारलाई राहत वितरणका लागि १ करोड ६० लाख ३० हजार बजेट उपलब्ध गराएको प्रदेश सभा सदस्य लीलाधर भट्टले बताए ।

नगरपालिकामा दशरथचन्द नगरपालिकालाई २० लाख, पाटन नगरापालिकालाई, १७ लाख २० हजार, पुर्चौडी नगपालिकालाई २६ लाख २० हजार र मेलौली नगरपालिकालाई १३ लाख ७० हजार बजेट पडाएको छ भने गाउँपालिकामा दोगडाकेदार १६ लाख, शिवनाथ  ११ लाख ९० हजार, पञ्चेश्वरमा १२ लाख २० हजार, सुर्नयामा ११ लाख ९० हजार, सिगासमा १५ लाख ८० हजार र डिलासैनी गाउँपालिकामा १५ लाख ४० हजार बजेट पठाएको छ । 
 

प्रतिक्रिया [1]
User Image

Surendra orha

[Apr 19, 2020 01:43pm]

Asal Kam Pradesh Sarkar prati garbha garchhau ! sthaniya tahale actual bipanna Ra poor haruko real data lieko chh ki chhain .bitaran karya bibadit nahos !!


प्रतिक्रिया दिनुहोस्