ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पैसा छरेर फरार भएका महिला पक्राउ    

२०७७ बैशाख, ६  
प्रदेश ०२
NA

वैशाख ६,  धनुषा ।  जनकपुरधामको महावीरचोकको बाटोमा पैसा छरेर फरार भएका दुई महिलालाई शनिवार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार पक्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ निवासी आमुना खातुन र अलिना खातुन रहेका छन् । उनी दुवै जना नातामा भाउजु र नन्द हुन् ।     
     
 पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ तथा अनुसन्धान भइरहेको छ । ती महिला शुक्रवार दिउँसो वडा नं ५ महावीर चोकको सडकका विभिन्न ठाँउमा रू.५, रू.१० र रू. १०० दरका नोट छरेर फरार भएका थिए । स्थानीयले पैसा देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।     
     
 प्रहरीले सीसीटीभी फूटेजका आधारमा अनुसन्धान शुरु गरेको थियो । सीसीटीभी फूटेजमा मुख छोपेका दुई जना महिला देखिएपछि प्रहरीले तिनको खोजी तीव्र पारेको थियो ।

प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार सीसीटीभी फूटेज झिकाएर शंकास्पद देखिएका र स्थानीयले भनेको हुलियाका आधारमा महिलाको खोजी गरिएको थियो । सोहीअनुसार शनिवार करीब २ः३० बजे जानकी नगरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । रासस

यो पनि हेर्नुस्

सडकमा रूपियाँ छरेर दुई महिला फरार !

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्