ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतीय आपूर्तिकर्ताले पाउन थाले मासु र धागोको लागि निर्यात अर्डर 

२०७७ बैशाख, ६  
अन्तरराष्ट्रिय
Image Not Found

वैशाख ६, नयाँ दिल्ली (भारत) । भारतमा मासु र कपासको धागो आपूर्तिकर्ताहरुलाई निर्यात अर्डर आउन थालेको छ । हालैका हप्तामा तीव्र कमी आएको व्यापारमा अब भने इन्डोनेशिया, मलेशिया, इजिप्ट र साउदी अरबबाट भैसीको मासुको लागि उच्च माग आउन थालेको बताइएको छ । 

‘अप्रिल २३ देखि रामदान शुरु हुन थालेकोले मासुका माग बढ्न थालेको छ, क्रेताहरुबाट उच्च संख्यामा सोधपुछ भइरहेको हामीले देखिरहेका छौं, केही निर्यातकर्ताहरुले करारमा समेत हस्ताक्षर गर्न थालिसके,’ भारतीय मासु तथा पशु निर्यातकर्ता संगठनका प्रवक्ता फाउजान अलाभीले भने । 

मार्चमा भने निर्यात अर्डर करीब ४८ प्रतिशतले घटेर ६५ हजार टनमा आएको अनुमान गरिएको छ । हरेक वर्ष भारतले करीब २ खर्ब रुपया मूल्य बराबर १० लाखदेखि १२ लाख टन भैसीको मासु निर्यात गर्ने गरेको छ । 

अप्रिल २० देखि उद्योगलाई सञ्चालनको अनुमति मिल्ने भएकोले मासु प्रशोधनकर्ताहरुले कामदार, लजिष्टिक र आपूर्ति शृंखलासँग सम्बन्धी स्वास्थ्य निर्देशिकाको पालना गरेर कारखाना सरसफाइ गर्न थालेको उनको भनाइ छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्