ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

२५.२७ % लाभांश पारित गर्दै स्वाभिमान लघुवित्तको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

२०७६ माघ, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

माघ ११, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।

सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको २४  प्रशित बोनस शेयर र १ दशमलव २७ प्रतिशत  नगद लाभांश पारित गरेको छ । साथै सभाले बोनस शेयर  जारीपश्चात कायम चुक्तापूँजीको ३३ दशमलव ३३ प्रतिशत हकप्रद  शेयर जारी गर्ने प्रस्ताव  पनि पारित गरेको छ । 

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)कृष्ण राज चौधरीले संस्थाको भावी योजना तथा हालको अवस्थाको बारेमा जानकारी दिएका थिए  ।

सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व हुनेगरी कविराज तिमल्सीनालाई निर्विरोध संचालकमा चयन गरेको छ । सभा संचालक समितिका अध्यक्ष सन्तोष नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न  भएको थियो ।

रुपन्देही जिल्ला तिलोत्तमा  नगरपालिका –५ मा केन्द्रीय कार्यालय रहेको  उक्त कम्पनीले हाल ६ ओटा जिल्लामा २२ ओटा शाखा कार्यालय मार्फत वित्तीय सेवा दिदै आएको छ  ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्