ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

फोर्डद्वारा बालबालिकाबीच अध्ययन प्रतियोगिता

२०७७ बैशाख, ७  
बजार
NA


काठमाडौं (अस) नेपालका लागि फोर्ड गाडीको अधिकृत विक्रेता जीओ अटोमोबाइल्स प्रालिले बालकालिकाबीच अन्तक्र्रियात्मक अध्ययन प्रतियोगिता शुरू गरेको हो । लकडाउनको समयमा बालबालिकालाई रोमाञ्चक तथा सृजनात्मक बनाउन फोर्डले ग्रुमिङटेल्ससँग सहकार्य गरी दशदिने प्रतियोगिता शुरू गरेको बताएको छ । 

अध्ययन प्रतिस्पर्धामा सहभागी भई बालबालिकाले हरेक दिन दिइने चुनौती तथा कामहरू पूरा गर्नुपर्नेछ । यसबाट उनीहरूले राम्रो शिक्षा तथा अन्तक्र्रियात्मक अनुभव प्राप्त गर्ने जीओ अटो मोबाइल्सको भनाई छ । प्रतिस्पर्धाको दशौँ दिन बम्पर पुरस्कार विजेता घोषणा गरिने छ । उक्त बम्पर पुरस्कार सबैभन्दा बढी समर्पणका साथ सहभागी हुने प्रतिस्पर्धीलाई दिइने बताइएको छ । अध्ययन प्रतियोगितामा सहभागी हुने प्रक्रियाबारे ‘फोर्ड नेपाल’ नामक फेसबुक पेजमा विस्तृत जानकारी उपलब्ध गराइएको छ भने उक्त प्रक्रियाबारे अविभावकले आप्mना बालबालिकाकालाई जानकारी दिने विश्वास कम्पनीले गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्