ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

लकडाउनको मारमा पुष्प व्यवसाय, दैनिक १ करोडभन्दा बढीको क्षति

२०७७ बैशाख, ८  
समाचार
Image Not Found
फाइल फोटो
author avatar प्रशान्त खड्का

वैशाख ८, काठमाडौं । कारोनाको संक्रमण नियन्त्रण गर्न देशव्यापी लकडाउनका कारण अहिले मुलुकको फुल व्यवसायमा दैनिक रू.१ करोडभन्दा बढीको क्षति भएको पुष्प व्यावसायीले बताएका छन् । सभासमारोह, विवाह, व्रतवन्धलगायतका कार्यक्रममा आश्रित पुष्प व्यवसाय अहिले माग शून्य भएप्छि हुँदा संकटमा परेको छ । 

फ्लोरी कल्चर एसोसियसन नेपालका अनुसार नेपालको पुष्प व्यवसायको वार्षिक कारोबार रू.२ अर्ब ५० करोडभन्दा बढी छ । एसोशिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार गतबर्ष नेपालमा रू.२ अर्व ६४ करोडको फूलको कारोवार भएको थियो ।

यस आधारमा हिसाव गर्ने हो भने हाल देशभरीको पुष्प व्यवसायमा दैनिक करीव रू. १ करोड १५ लाख बरावरको क्षति भइरहेको देखिन्छ । ‘पर्यटन क्षेत्रसँग यस व्यवसायको ठूलो हिस्सा जोडिएको छ तर कोरोनाको कारण पर्यटन क्षेत्र ठप्प छ । र यो नियन्त्रणमा आएपछि पनि पर्यटन क्षेत्र पुरानै लयमा फर्कन समय लाग्ने भएकाले पुष्प व्यवसायको नोक्सानी कति ठूलो हुनेछ भनेर अहिलेल्यै आकलन गर्न गाह्रो छ, सकिदैन,’ उनले भने ।

पर्यटन वर्ष २०२० लाई समेत लक्षित गरेर यसवर्ष पुष्प व्यसायीहरुले आफ्नो लगानी बढाएका थिए । तर कोरोना महामारीले पर्यटन वर्ष स्थगित हुनुका साथै पर्यटक आगमन शुन्य हुँदा थपिएको लगानीको मार व्यहोर्नुपरेको व्यावसायीहरु बताउँछन् । 

फ्लोरी कल्चर एसोशियसनको तथ्यांक अनुसार देशभरीमा रू.६ अर्वको लगानी रहेको पुष्प व्यवसाय हाल ४३ जिल्लामा फैलिएको छ । यसमा ७०० भन्दा बढी व्यवसायीका साथै प्रत्यक्षरुपमा संलग्न छन् भने अप्रत्यक्ष रुपमा गरी ४० हजार मान्छेले रोजगारी पाएका छन् ।

विभिन्न स्थानका नर्सरीमा सिजन अनुसारका मौसमी फूल र फार्महरुसँग एक बर्षे र वहुबर्षे फूलहरुको उत्पादन हुन्छ तर अहिले लकडाउनका कारण यी सबै फूलहरु नष्ट भएको फ्लोरी कल्चर एसोशियसनका कार्यक्रम संयोजक जेबी तामाङले बताए ।

उनका अनुसार लकडाउनको समस्याले गर्दा व्यवसायीहरु अहिले आफ्नो घरबाट फार्मसम्म जान सकेका छैनन् जसले गर्दा फुलेका फूल मात्र होइन माउ विरुवाहरु समेत जोगाउन गाह्रो भइरहेको छ । काठमाडौंका व्यवसायीहरुको फार्म ललितपुर, भक्तपुर र काभ्रे जिल्लासम्म रहेको छ । तर लकडाउनको अवस्थामा फार्ममा काम गर्ने कामदार र व्यवसायीहरुलाई पासको व्यवस्थासमेत हुन नसक्दा समस्या झनै थपिएको उनले बताए ।

फ्लोरीकल्चर एसोशियसनले कृषि मन्त्रालय र कृषि ज्ञान केन्द्रको सिफारिसमा आफ्ना व्यवसायी र श्रमिकहरुका लागि पासको व्यवस्था गरिदिन पटक– पटक जिल्ला प्रशासन कार्यालयमा आग्रह गर्दा पनि सुनुवाई नभएको बताएको छ । 

अस्पतालमा फूल वितरण गर्दै व्यवसायी

लकडाउनका कारण फूल विक्री नहुँदा दैनिक रुपमा क्षति बेर्होनुपर्दा धेरैजसो व्यवसायीहरुले यतिबेला उत्पादित फूल नष्ट गरिरहेका छन् । तर सुर्यविनायक नगरपालिका, दधिकोट भक्तपुरका फूल व्यवसायी शुसिल खड्का यतिवेला आफ्नो फार्ममा उत्पादित फूललाई खेर जान नदिन र यस्तो महामारीका बेलामा समेत अस्पतालमा दिनरात खटिएर सेवा गर्ने स्वास्थ्यकर्मीहरुलाई फूल बाँड्दै उनीहरुको हौसला बढाइरहेका छन् ।

अस्पतालमा दिनरात खटिने स्वास्थ्यकर्मीहरुको हौसला थप्न आफ्नो फार्मको फूल लगेर डाक्टर र नर्सहरुलाई वितरण गरेको उनी बताउँछन् । हालसम्म उनले गंगालाल, ललितपुर हरिसिद्धीस्थित क्यान्सर अस्पताल र महाराजगञ्जको ह्याम्स अस्पताल लगायतमा रू.२ लाखभन्दा बढी रकमको फूल वितरण गरिसकेको उनले बताए । 

सुर्य विनायक नगरपालिकामा उनले ६ हजार ५०० वर्गमिटरमा  १० ओटा ग्रीनहाउस निर्माण गरि फूल खेती गरेका छन् भने अन्य १२ जना कामदारहलाई रोजगारी पनि दिएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्