ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अक्शन मार्केट : कानूनी प्रबन्धनका पक्ष

क्लोज आउटका विकृति रोक्ने माध्यम

२०७७ बैशाख, ९  
लेख | दृष्टिकोण
NA
author avatar ज्योति दाहाल

शेयरबजारमा दिनहुँ हजारौं संख्यामा कारोबार हुन्छ । कारोबार अवधिमा कसकसले कारोबार गरे भन्ने कुरा कारोबार गर्नेलाई बाहेक सामान्यतया अरूलाई विरलै थाहा हुन्छ । कारोबार अवधि समापनपछि भने कारोबार मध्यस्थताकर्ता (दलाल) लाई कारोबार कसले ग¥यो भन्ने थाहा हुन्छ । कारोबार अर्थात् बेच्ने र किन्ने कार्य सम्पन्न भएको भोलिपल्टदेखि विक्रीकर्ताले आपूmले बेचेको शेयर संख्याको विवरण विद्युतीय माध्यम वा भौतिक रूपमा राफसाफ सदस्य अर्थात् क्लियरिङ मेम्बर (सीएम) को समेत कार्य गर्ने दलाललाई निर्देशन पुर्जी उपलब्ध गराउनुपर्छ । विद्युतीय रूपमा पठाइने निर्देशन पुर्जीलाई इलेक्ट्रोनिक डाइरेक्शन इन्सट्रक्शन स्लिप (ईडीआईएस) भनिन्छ । ईडीआईएस केन्द्रीय निक्षेपक (सीडीएस) ले उपलब्ध गराएको ‘मेरो शेयर’ नामक सुविधाबाट प्रेषण गर्न सकिन्छ । यसरी प्रेषण गरिएको विवरण सीएमको पुल एकाउन्ट (खाता) मा पुग्छ र यसपछि राफसाफको कार्य शुरू हुन्छ ।

आवश्यकताअनुसार रोक्न र खोल्न मिल्ने गरी कम्पनीका योग्यता तोकेर अल्प विक्री (शर्ट सेल) सम्बन्धी कानून बनाई लागू गर्नुपर्छ ।

सामान्य राफसाफ
राफसाफ भन्नाले एक धारकले विक्री गरेको शेयर अर्को धारक (क्रेता) को नाममा कायम वा नामसारी गर्नु हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हुने हरेक दिनको कारोबार राफसाफ गर्ने जिम्मा धितोपत्र कारोबार राफसाफ तथा फछ्र्योट विनियमावली २०६९ ले केन्द्रीय निक्षेपक (सीडीएस) लाई दिएको छ । नेप्से, सीएमको समेत कार्य गर्ने कारोबार सदस्य (दलाल), सीडीएस, ग्राहक, समाशोधन (क्लियरिङ) बैंक यसका मूल साझेदार हुन् । विनियमावलीको विनियम २(ङ) मा ‘राफसाफ भन्नाले क्रेता ग्राहकले किनेको धितोपत्र आप्mनो नाममा नामसारी गर्न कम्पनीमा पठाउने र बजारबाट हुने लाभ प्राप्त गर्न खाली हस्तान्तरण (ब्ल्यांक ट्रान्सफर) मा दर्ता गर्ने कार्य सम्झनुपर्छ र सो शब्दले किनबेच भएको धितोपत्रको नामसारी स्वचालित कारोबार प्रणालीमार्फत अभौतिकीकरण गरी वा नगरी हुने राफसाफ कार्यसमेतलाई जनाउँछ’ भनेको छ । विनियम २(त) मा ‘धितोपत्रको पुल एकाउन्ट भन्नाले सीएमले धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्योट कार्यका लागि निक्षेप सदस्यकोमा खोलेको विद्युतीय खाता (डिम्याट एकाउन्ट) सम्झनुपर्छ’ भनेको छ ।

हरेक दिन कारोबार समापन भएपछि नेप्सेले कारोबारको सम्पूर्ण विवरण सीडीएसलाई उपलब्ध गराउँछ । हरेक सीएमले राफसाफ तथा फछ्र्योट दुवै कार्यका लागि सीडीएसमा पुल खाता (पुल एकाउन्ट) खोल्नुपर्छ । विक्रेता दलालले विक्री गरेको धितोपत्र र क्रेतादलालले सो बराबरको रकम (कर, दस्तुर, शुल्कसमेत) कारोबार दिनबाहेक ३ कार्य (टी–३) दिनभित्र आप्mनो पुल खाता र बैंकमा रहेको राफसाफ खातामा जम्मा गर्नुपर्छ । क्रेता र विक्रेता दलालले तोकिएका सम्पूर्ण कार्य सम्पन्न गरेपछि सीडीएसले क्रेता दलालको पुल खातामा धितोपत्र जम्मा गरी दिन्छ । विक्रेताको हकमा प्राप्त गर्नुपर्ने रकम राफसाफ बैंकमा रहेको पुल खाताबाट रकमान्तर गरी राफसाफ सदस्य (विक्रेता दलाल) को खातामा जम्मा गराउन समाशोधन बैंकलाई निर्देशन दिन्छ । यसरी सामान्य हिसाबले धितोपत्र विक्रीपछिको राफसाफ सम्पन्न हुन्छ । उल्लिखित तवरबाट राफसाफ हुन नसकेमा सीडीएसले त्यस्ता कारोबारलाई क्लोज आउट गर्छ । क्लोज आउटमा परेमा यसको राफसाफ प्रक्रिया अलि छुट्टै प्रकारको हुन्छ ।

क्लोज आउट राफसाफ
हरेक दिन गरिने वा गरिएका कारोबार सामान्य (त्रुटिरहित) रूपमा सम्पन्न हुन्छन् भन्ने सुनिश्चित हुँदैन । कहिलेकाहीँ कारोबार गर्दा विक्रेताको पक्षबाट त्रुटि वा भूल हुनसक्छ । विक्री आदेश प्रविष्ट गर्दा अंकमा गडबड हुनसक्ने सम्भावनालाई टार्न सकिँदैन ।४७ कित्ता प्रविष्ट गर्दा ७४ वा १ सय कित्ता प्रविष्ट गर्दा १ हजार कित्ता प्रविष्ट हुन सक्छ । पछिल्लो समयमा आपूmसँग नभएको शेयर अल्प विक्री (शर्ट सेल) समेत हुने गरेको छ । कानूनले नचिन्ने यस्ता अवाञ्छित गतिविधि बढेको हुँदा जानीजानी आदेश प्रविष्ट हुने गरेकाले राफसाफमा जटिलता आएको छ । यस्तो अवस्थामा सम्बद्ध निकायको मिलेमतोमा राफसाफ दिन सार्ने कार्य भइरहेको समाचार बाहिरिएको छ । भूलवश वा जानाजान हुने प्रविष्टिलाई सामान्य त्रुटि भनेर उन्मुक्ति दिइनु  हुँदैन । कानून सबैले जानेको हुन्छ भनेर कानूनले अनुमान गर्ने हुँदा ‘कानूनको अज्ञानता अक्षम्य हुन्छ’ भन्ने विधिशास्त्रीय मान्यता (सिद्धान्त) छ । शेयरबजारको पनि आदेश प्रविष्ट र राफसाफसम्बन्धी आफ्नै कानून छ । सामान्यतया अपराध हुनका लागि मनसाय र कार्य प्रधान तत्त्व हुन् तर पनि कहिलेकाहीँ मनसायविना पनि कार्य (अपराध) हुन सक्छ । कानूनले वर्जित गरेको मनसायरहित कार्य (अपराध) को हुन जाँदा पनि कानूनतः दण्डित हुनुपर्छ । यस्ता मनसायरहित कार्यबाट सृजित कसुर (अपराध) लाई भूल वा अन्जानवश भएको भनेर उन्मुक्ति दिन सकिँदैन र न्यूनतम दण्डसजाय गरिन्छ । यस्तै दण्डसजाय दिनका लागि शेयरबजारमा अर्को छुट्टै प्रकृतिको बजार सञ्चालन गरिन्छ । भूलवश आदेश प्रविष्ट भएर दिन नसकिएको शेयर यस्तै बजारबाट किनेर दिनुपर्ने हुन्छ । यस्तो बजारमा शेयर किनेर दिनुपर्दा विक्रेतालाई घाटा वा बराबर दुवै हुन सक्छ ।

कथंकदाचित् कुनै ग्राहकले भूलवश गलत अंक प्रविष्ट गरी राफसाफका लागि धितोपत्र उपलब्ध गराउन नसकेको अवस्थामा हुने परिणामलाई सम्बोधन गर्न अक्शन मार्केटको व्यवस्था गरिएको छ ।

अक्शन मार्केटको अवधारणा
कथंकदाचित् कुनै ग्राहकले भूलवश गलत अंक प्रविष्ट गरी राफसाफका लागि धितोपत्र उपलब्ध गराउन नसकेको अवस्थामा हुने परिणामलाई सम्बोधन गर्न नेप्सेले अक्शन मार्केट सञ्चालन गर्न सक्ने व्यवस्था धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ मा छ । यस्तो बजार आवश्यकताअनुसार जति बेला पनि सञ्चालन हुन सके पनि नेपालमा नियमित कारोबार समय सकिएको आधा घण्टापछि आधा घण्टाका लागि सञ्चालन हुन सक्ने व्यवस्था छ । विनियमावलीको विभिन्न विनियममा (१) नियमित राफसाफ समयभित्र विक्रीकर्ताले आवश्यक संख्यामा धितोपत्र उपलब्ध गराउन नसकेमा सीडीएसले सो सम्बन्धी जानकारी नेप्से र कारोबार सम्बद्ध कारोबार सदस्य (दलाल) लाई तत्काल उपलब्ध गराउनुपर्ने, (२) यस्तो जानकारी गराएपछि नियमित राफसाफ समय समाप्त भएपश्चात् कार्यालय खुलेको दिन अक्शन मार्केट सञ्चालन हुने, (३) अक्शन मार्केटमा भएका कारोबारको राफसाफलगत्तै भोलिपल्ट गर्नुपर्ने,(४) आवश्यक मात्रामा धितोपत्र उपलब्ध नभएमा उपलब्ध भएसम्मको धितोपत्रको राफसाफ गर्नुपर्ने, (५) नपुग धितोपत्रको सम्बन्धमा क्लोज आउट भएको कारोबार मूल्यको २० प्रतिशत रकम थप गरी सीडीएसमा बुझाउनुपर्ने, (५) धितोपत्रको शुरू कारोबार हुँदा कायम भएको मूल्यभन्दा कम मूल्यमा अक्शन मार्केटमा उपलब्ध भएमा त्यसरी फरक हुन आउने रकम कारोबार राफसाफ कोषमा जम्मा गर्नुपर्ने, (६) धितोपत्रको शुरू कारोबार हुँदा कायम भएको मूल्यभन्दा बढी मूल्यमा उपलब्ध भएमा त्यसरी फरक हुन आउने रकम सम्बद्ध ग्राहक (विक्रेता) बाट असुल गर्ने, (७) मूल्य परिवर्तन सीमा अन्तिम कारोबार दिन नियमित कारोबारको अन्तिम मूल्यको अधिकतम १० प्रतिशत घटी वा बढी हुने, (८) अक्शन मार्केटबाट पटकपटक वा एकमुष्ट जति उपलब्ध हुन्छ, खरीद गर्नुपर्ने र यस्तो कारोबार मूल्यलाई सो दिनको अन्तिम मूल्य तथा बजार परिसूचक गणनामा समावेश नहुने जस्ता व्यवस्था गरिएको छ ।

अन्त्यमा, शेयरबजारमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न अविलम्ब अक्शन मार्केट सञ्चालन गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ । त्यस्तै, आवश्यकताअनुसार रोक्न र खोल्न मिल्ने गरी कम्पनीका योग्यता तोकेर अल्प विक्री (शर्ट सेल) सम्बन्धी कानून बनाई लागू गर्नुपर्छ । विनाकसुर (अपराध) क्रेताले बेलैमा शेयर नपाएर सजाय भोग्नुपर्ने हुँदा निजलाई विक्रेताबाट कारोबार रकमको ५० प्रतिशत रकम क्षतिपूर्ति दिलाउनुपर्छ । यसले नभएको शेयर विक्री गर्ने प्रवृत्तिमा स्वनियन्त्रण हुनसक्छ । यसका अतिरिक्त दलाल, सीडीएस, नेप्से र सर्वसाधारणको पनि लगानी रहने गरी छुट्टै राफसाफ (क्लियरिङ) कम्पनी खडा गर्नेतर्पm पनि ध्यान जानु जरुरी छ ।

लेखक धितोपत्रसम्बन्धी जानकार अधिवक्ता हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्