ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोनाबाट बेलायतमा हालसम्म १८ नेपालीको मृत्यु

२०७७ बैशाख, १०  
समाचार
Image Not Found

वैशाख १०, लण्डन । बेलायतमा हालसम्म कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या १८ पुगेको छ । कोरोनाका कारण आइतवार थप एक जनाको मृत्यु भएको छ । 

पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताए ।

स्वासप्रश्वासमा समस्या देखिएपछि गुरुङलाई गत साता अस्पताल भर्ना गरिएको थियो । मृत्यु भएका गुरुङबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्