ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तथ्यांकोवाच : काठ तथा काष्ठजन्य वस्तुको विश्व आयात १५५ अर्ब अमेरिकी डलर 

२०७६ माघ, १५  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । आईटीसी ट्रेडम्यापका अनुसार काठ तथा काष्ठजन्य वस्तु (फर्निचर बाहेक)को विश्व आयात १५५ अर्ब अमेरिकी डलर (रू. १७६ खर्ब ८२ अर्ब) बराबर रहेको छ । विश्वका तीनओटा जलवायुमा पाइने विभिन्न जातका काठ नेपालमा पनि पाइन्छन् । यस परिस्थितिमा विश्व काठ बजारमा नेपालको व्यवस्थित प्रवेशले यस क्षेत्रमा विद्यमान अवसरबाट फाइदा लिन सकिने सम्भावना धेरै छ । यसका लागि सर्वप्रथम स्वदेशमा काष्ठजन्य उद्योगको जग मजबुत बनाउन आवश्यक छ । विशेषगरी भेनिर सिट, प्लाइऊड, भण्डारणका सामाग्री, काठका झ्यालढोका र मूर्तिजस्ता काष्ठजन्य वस्तु उत्पादन गर्ने उद्योगको जग मजबुत बनाउनुपर्ने देखिन्छ ।

यी उद्योग स्थापनाका साथै उद्योगलाई चाहिने जनशक्ति विकास, अनुसन्धान र नवप्रवर्तन, कच्चापदार्थको सहज आपूर्ति र सहायक उद्योगको स्थापना गरिनु पनि आवश्यक छ । यसका साथै नेपाली काष्ठ उद्योगलाई सरकारबाट आवश्यक सहयोग, संरक्षण, उत्प्रेरणा र प्रोत्साहन हुन पनि जरुरी छ  । अन्य मुलुकका उत्पादनसित नेपाली काष्ठजन्य उत्पादनलाई प्रतिस्पर्धी बनाउन यस उद्योगलाई अनन्तकालीन करमुक्तिको सुविधा प्रदान गर्नु पनि आवश्यक छ । काठको विश्व व्यापारमा नेपालले आफ्ना मौलिक विशेषतायुक्त काठ र काष्ठजन्य वस्तु निर्यात गर्ने रणनीति अंगीकार गर्नेहो भने यसले नेपालको आर्थिक समृृद्धिमा ठूलो योगदान दिने निश्चित छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्