ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा संकटाको जित        

२०७६ माघ, १९  
खेल विविध
Image Not Found

माघ १९, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतवार भएको पहिलो खेलमा संकटा क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । 

दशरथ रंगशालामा भएको खेलमा संकटाले हिमायन शेर्पालाई १–० गोलअन्तरले पराजित गरेको हो । संकटाले १० खेलमा १५ अंक जोडेको छ ।     
     
 अजयी मार्टिन्सले संकटाका लागि निर्णायक गोल गरे । उनले खेलको २१औं मिनेटमा क्षितिज राज जिटीको पासमा गरेको एक गोल नै संकटाका लागि निर्णायक गोल सावित भयो ।

 जितसँगै संकटा छैठौं स्थानमा उक्ललिएको छ । समान १० खेल पूरा गरेको हिमालयन शेर्पा सात अंकका साथ अंक तालिकाको १२ औं स्थानमा छ ।  रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्