ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अनलाईन शिक्षा सम्वन्धि नीति  तयार गर्न माग

२०७७ बैशाख, १७  
शिक्षा
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १७, काठमाडौं । आईटी टिचर्स एशोसिएशन नेपालको संयोजकत्वमा हालै ‘अनलाईन एजुकेसन एन अल्टनेटिम पेडागोजी अपच्र्युनिटी एन्ड च्यालेन्ज’ विषयक वेबिनार (वेबआधारित) सम्पन्न भएको छ ।  

उक्त वेबिनारमा विभिन्न  विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, नेपाल टेलिकमका उच्च अधिकारीहरु, विभिन्न विश्वविद्यालय तथा क्याम्पसका अध्यापकहरु, देश तथा मुलुक बाहिरका अनुसन्धाताहरु लगायत करीब ६० जना बिज्ञहरुको सहभागिता थियो । 

शिक्षा क्षेत्रमा कोभिड–१९ ले पारेको असर, पुर्वतयारी तथा आगामी दिनमा चाल्नुपर्ने कदम सम्बन्धि विषयमा केन्द्रित उक्त वेबिनारमा अनलाईन शिक्षाका चुनौती, अवसर र उपायबारे छलफल भएको थियो  ।

कार्यक्रममा क्लाउड सर्भिस, आईटी सम्बन्धि शिक्षक तथा व्यावसायिक विज्ञहरु, व्यवसायीहरु, नेपाल खुला विश्वविद्यालय, वर्षेनी विस्तारित हँुदै गैरहेको दूरसञ्चार पूर्वाधार तथा  संजाल, सस्तिदै गएको इन्टरनेटको मूल्य, राष्ट्रिय तथा अन्तरराष्ट्रिय शैक्षिक संस्थामा भइरहेका प्रयोगबाट अनलाईन शिक्षा शूरु गर्न अहिले अवसर आएको विचार सहभागीहरुले व्यक्त गरेका थिए । 

अनलाईन तथा वैकल्पिक शिक्षा सम्बन्धि नीति,कार्यक्रम, तथा  कार्यविधि निर्माण, डिजिटल सिकाई सम्बन्धी अध्ययन अनुसन्धानको मापदण्ड तयार गर्नु सहभागीहरुले सुझाव दिका थिए ।

 ग्रामिण दुर संचार कोषमा रहेको रकमको उपयोग गरी राष्ट्रिय डिजिटल पुस्तकालयको निर्माण गरी डजिटल सामग्री सुलभ बनाउनुपर्ने विज्ञहरुको भनाइ थियो ।

नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्राडा लेखनाथ शर्मा, पुर्वमन्त्रि ईञ्जिनीयर  गणेश शाह, पोखरा विश्वविद्यालयका  उपकुलपति प्राडा इन्द्र प्रसाद तिवारीलगायतका सरोकार समूहका व्यक्तिहरुको सहभागिता थियो । 

झन्डै ३ घण्टासम्म चलेको उक्त अन्तरक्रियात्मक कार्यक्रमको नेपाल खुला विश्वविद्यालयका एमफिल आईसीटी कार्यक्रम संयोजक तथा उप प्राध्यापक डा भोज राज घिमिरेले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्