ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विश्व वरियतामा नेपाल यथावत्,  टी–ट्वान्टीको खेलाडी बरियतामा पारस ६२ औं स्थानमा 

२०७६ माघ, २०  
खेल विविध
Image Not Found

माघ २०, काठमाडौं । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को टी–ट्वान्टी विश्व बरियतामा नेपाल यथावत् स्थानमा रहेको छ ।

आइसीसीले सोमवार सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल टी–ट्वान्टीतर्फ १२औं स्थानमा रहेको छ । यसअघि पनि नेपाल १२औं स्थानमा थियो ।     
     
 टी–ट्वान्टीमा नेपाल ११ औं स्थानसम्म पुगेको छ । टी–ट्वान्टीको विश्व बरियतामा पाकिस्तान शीर्ष स्थानमा, अष्ट्रेलिया दोस्रो, बेलायत तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छन् ।

टी–ट्वान्टीको खेलाडी बरियताअन्तर्गत ब्याटिङतर्फ नेपालका पारस खड्का ६२ औं स्थानमा रहेका छन् । यसअघि उनी ६०औं स्थानमा रहेका थिए ।  
     
 यसैगरी बलिङतर्फ नेपालका सन्दीप लामिछाने ८५औं स्थानमा रहेका छन् । यसअघि उनी ८३औं स्थानमा रहेका थिए । अलराउण्डरतर्फ पारस २७ औं स्थानमा तथा सोमपाल कामी ६५औं स्थान तथा करण केसी ७५ औं स्थानमा रहेका छन् । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्