ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लकडाउन किन ?

२०७७ बैशाख, १९  
पाठक विचार
NA


सर्वसाधारण घरभित्रै रहे पनि सरकारको पक्षमा लाग्नेहरूले जुलुस निकालेका छन् । राजनीतिक भेटघाट तीव्र छ । तर, अर्थतन्त्रबारे कसैलाई चिन्ता छैन । जनताको जीविका खोसिँदै छ । निजी कम्पनीहरूले कामदारलाई तलब दिइरहेका छैनन् । कतिपयले कर्मचारीलाई बिदा नै दिइसके । कतिपयले चैत महीनाको तलब आधा दिएका छन् । तर, सरकार भने पार्टीहरू फुटाउन लागिपरेको छ । सत्तारूढ दलभित्र प्रधानमन्त्री र मन्त्री बन्न चलखेल भइरहेको छ । सांसद किनबेचको पुरानो रोग फेरि बल्झिन थालेको छ । कोरोनाविरुद्धको अभियान सुस्त छ, लकडाउनपछि देशलाई कसरी सहज रूपमा अगाडि बढाउने कुनै योजना छैन । यस्तोमा यो लकडाउन सत्तारूढ दलभित्रको चलखेल बढाउन र त्यसलाई रोक्नका लागि मात्रै हो कि जस्तो प्रतीत हुन थालेको छ ।

विनय महर्जन
नयाँबजार, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्