ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

टेलिभिजनबाट विद्यार्थी पढाउँदै डिशहोम

२०७७ बैशाख, २१  
बजार
Image Not Found

काडमाडौं (अस)  ।  डिशहोमले लकडाउनमा घरमै बसेका विद्यार्थीहरूका लागि ‘डिशहोम घरमै कक्षा’ कार्यक्रम शुरू गरेको छ । डिशहोम र डियरवाक लर्निङ सेन्टरको सहकार्यमा शनिवारदेखि उक्त कक्षा शुरू गरेको हो ।

कक्षा ४ देखि कक्षा १० सम्मको अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरू आप्mनो च्यानलहरूमा प्रशारण गर्ने कम्पनीको भनाई छ । डिशहोमको च्यानल नं. ११४ मा कक्षा १०, च्यानल नं. ११५ मा कक्षा ७, ८ र ९ तथा च्यानल नं. ११७ मा कक्षा ४, ५ र ६ का पाठयक्रमहरू पढाईनेछ । बिहान ८ बजेदेखि बेलुकी ८ बजे सम्म उक्त कक्षाहरू प्रशारण गरिने डिशहोमले बताएको छ ।

साथै लकडाउन र कम्पनीले सञ्चालन गर्ने कक्षाहरूलाई दृष्टिगत गरी ६ महीना भन्दाबढी समयदेखि रिचार्ज नगर्ने ग्राहकका लागि आइतवार (आज) देखि एक महीनासम्म २०८ ओटा च्यानलहरू निःशुल्क उपलब्ध गराएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्