ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शहीद स्मारक ए डिभिजन लिग : मच्छिन्द्र शीर्ष स्थानमा उक्लियो    

२०७६ माघ, २३  
खेल विविध
Image Not Found

माघ २३, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब सरस्वती युथ क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । 

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्समा बिहीवार सम्पन्न पहिलो खेलमा मच्छिन्द्रले सरस्वतीलाई ६–१ गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो ।     
     
 मच्छिन्द्रले खेलको पहिलो हाफमा एक गोल गर्‍यो भने दोस्रो हाफमा पाँच गोल थप्यो । खेलको ४०औं मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई शुरुआती अग्रता दिलाए । रञ्जित धिमालको क्रसमा उनले हेड गोल गरेका थिए । 

त्यसैगरी खेलको ५४औं मिनेटमा मच्छिन्द्रका दीपक राईले एक गोल थप्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए । उनले गोल गरेको पाँच मिनेट पनि बित्न नपाउँदै मच्छिन्द्रका अर्का खेलाडी विशाल राई (ए) ले गोल गरे । उनले खेलको ५९ औं मिनेटमा गोल गरेका थिए ।     
     
 त्यसपछि खेलको ७७ औं मिनेटमा दीपक राईले व्यक्तिगत दोस्रो गोल गरे । त्यस्तै खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा मच्छिन्द्रले दुई गोल थप्पो । मच्छिन्द्रका सोमिद ओलुवावुनमी एडिलाजा र आन्द्रेस नियाले एक– एक गोल गरे । 

त्यस्तै खेलको ८७ औं मिनेटमा सरस्वतीका कजिम बुसारीले पेनाल्टीमार्फत एक सान्त्वना गोल फर्काएका थिए । यससँगै ११ खेल खेलेको मच्छिन्द्रले २५ अंक जोडेको छ भने समान खेल खेलेको सरस्वतीको ४ अंक छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्