ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

वित्तीय प्रविधिको सुरक्षामा सरोकारवालाको ध्यान जाओस् 

२०७६ माघ, २४  
पाठक विचार
NA


विगत भदौमा विदेशी ह्याकरले नेपाली बैंक ह्याक गरेपछि चर्चामा आएको प्राविधिक सुरक्षाको विषय अहिले सेलाउँदै गएको छ । घटना भएका बेला चर्चा गर्ने र बिस्तारै त्यसलाई बिर्संदै जाने नेपालीको बानी नै रहेको देखिन्छ । विदेशी ≈याकरका दृष्टिमा नेपाली बैंकमा परे पनि नियामक निकाय नेपाल राष्ट्र बैंकले ठोस कदम चालेको पाइँदैन । 
 
गत आर्थिक वर्षमा मात्रै आधा दर्जनभन्दा बढी बैंक ह्याक तथा एटीएमबाट रकम चोरीका घटना भए । तर, तिनबाट नेपाली बैंकले पाठ सिक्न सकेको देखिँदैन । विकसित मुलुकमा यस्ता घटना थुप्रै हुने गरेको भन्दै आँखा चिम्लने प्रवृत्ति पाइन्छ । अझ सुरक्षाका लागि खर्च बढाउनुपर्नेमा हामीले गर्दा अपराधी पत्ता लाग्यो भन्दै घमण्ड गरेको समेत पाइन्छ । 

प्रविधिलाई अद्यावधिक गर्दै लैजान भने बैंक तथा भुक्तानी सम्बन्धी काममा सहयोगी संयन्त्रहरूले काम गरेको पाइँदैन । हाम्रो जस्तो विकासोन्मुख देशको बैंकबाट अर्बौं रुपैयाँ चोरी हुनु चानचुने कुरा होइन । अहिलेसम्म ठूलो रकम विदेश जान नपाएकाले त्यति समस्या आएको छैन तर कुनै दिन ≈याकिङ गरेर पैसा विदेशियो भने अर्थतन्त्रमै समस्या आउन सक्छ । अझै पनि नेपालका अधिकांश सर्वसाधारणको खातामा रहेको पैसामा खतरा बाँकी नै छ । तर पनि सरकार, अनुसन्धानकर्ता तथा नियामक निकाय भने यसलाई सामान्य घटना भन्दै बसेका छन् ।

अहिले हातले अधिकांश नेपालीको हातमा डेविट, क्रेडिट जस्ता भिसा कार्ड छन् । मोबाइलबाट भुक्तानी हुन थालेको छ । अनलाइन व्यवसाय पनि फस्टाउँदो छ । यस्तोमा पैसाको सुरक्षा झनै जोखिमपूर्ण बनेको छ । नयाँ प्रविधि प्रयोग गर्ने तर त्यसको सुरक्षित प्रयोग गर्न नजान्ने व्यक्तिहरूका कारण झनै चुनौती थपिएको छ । 

नेपालमा पछिल्लो समय साइबर सेक्युरिटी सबैभन्दा ठूलो चुनौती भएको छ । साइबर हमलाबाट नेपालको वित्तीय क्षेत्रलाई जोगाउन नेपालले साइबर सुरक्षामा बढी लगानी र अनुसन्धान गर्न ढिला गर्नु हुँदैन । यस्ता अपराध भइरहे पनि जनताले थाहा पाउने गरी कुनै पनि किसिमका गतिविधि राष्ट्र बैंकले गरेको छैन । यसतर्फ सम्बद्ध सबैको ध्यान जाओस् । 

सुमन आचार्य
कुमारीगाल, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्