ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विमान यात्रीलाई पनि अनिवार्य भयो मास्क

२०७७ बैशाख, २२  
अन्तरराष्ट्रिय
Image Not Found

वैशाख २२, लन्डन (बेलायत) । कोरोना भाइरसको महामारीका कारण सार्वजनिक यातायातका साधनमा चढ्दा मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था गरिएको छ । 

उड्ययन क्षेत्रले पनि यस्तै व्यवस्था लागू गर्न थालेको छ । केही ठूला विमान सेवा प्रदायकहरुले भाइरसको संक्रमण सीमित यस्तो गर्न लागेका हुन् । कयौं अमेरिकी हवाई सेवा प्रदायकहरुले यस हप्ता यात्रु र चालकदलका सदस्यका लागि स्वास्थ्य र सुरक्षासम्बन्धी नयाँ नीतिहरू जारी गर्दैछन् । 

विश्वका अन्य हवाई सेवा प्रदायक कम्पनीहरुले पनि उडान सुचारु गर्ने बेलामा मास्क अनिवार्य बनाउँदैछन् । अहिले ९० प्रतिशत अन्तरराष्ट्रिय उडान रद्द छन् । 

तर विमान सेवा प्रदायकहरुले यसै महिना देखि हवाई यात्रा सुचारु गर्दैछन् । अमेरिकी कम्पनी डेल्टाले एअरलाइन्सले यात्रीहरुलाई चेक–इन क्षेत्र, प्रिमियम लाउन्ज, बोर्डिङ गेट र विमानमा सम्पूर्ण उडान अवधिभर मास्क वा अन्य मुख ढाक्ने वस्तु लगाउन भनेको छ । 

अमेरिकन एअरलाइन्स र युनाइटेडले पनि चालकदलका सदस्य र यात्रुका लागि मास्कलाई अनिवार्य बनाउँदै छन् । कम्पनीले यात्रु र चालकदलका सदस्यका लागि चाँडै नयाँ स्वास्थ्य सुरक्षासम्बन्धी कदमहरू चाल्दैछ । 

यात्राका क्रममा मास्क भने कम्पनीले नै निःशुल्क उपलब्ध गराउने छ । तर सबै कम्पनीले मास्कलाई बाध्यकारी बनाएका भने छैनन् । अन्तरराष्ट्रीय हवाई यातायत एसोसिएशन (आयटा)जस्ता अन्तरराष्ट्रिय निकायले यस्तो व्यवस्था गर्न आदेश दिएका छैनन् । उडानहरू सुचारु भएपछि चालिने कदमहरूमा भने मास्क पनि समेटिएको आयटाका प्रवक्ताले बताएका छन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्