ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सेयर दलालको दैनिकी

२०७६ माघ, २६  
१० वर्ष अघि
NA

 

सेयर दलाल उमेश रेग्मीका लागि आफ्नो भीमसेनगोलाको घरबाट बाहिर निस्कन बिदाको दिन नै पर्खनुपर्छ । नेपाल स्टक एक्सचेन्जमा शुक्रबार कारोबार हुँदैन । त्यसैले उनका लागि शुक्रबार पनि सार्वजनिक बिदाजस्तै हो । ‘आइतबारदेखि बिहीवारसम्म त कामबाहेक केही सोच्नै भ्याइँदैन’ १९ नम्बर सेयर दलाल रेग्मी भन्छन् । आफ्नै घरमा अफिस खोलेका उनी सेयर दलालले काम पनि निकै धेरै गर्नुपर्ने र पैसा पनि राम्रै कमाइ हुने बताउँछन् । 

स्टक एक्सचेन्जमा कारोबार हुने दिन अर्थात् आइतबारदेखि बिहीवारसम्म हरेक दलालहरू बिहान उठेदेखि राति सुत्दासम्म १७–१८ घण्टा नै एक प्रकारको तनावमा रहन्छन् । ‘त्यो समयमा मेसिनजस्तै भएर काम गर्नुपर्छ, त्योबाहेक अरू कुरा सोच्ने फुर्सद पनि हुँदैन’ रेग्मीको यो भनाइसँग प्रायः सबैजसो सेयर दलालहरू सहमत देखिन्छन् ।

२०५२ सालदेखि दलालमार्फत कारोबार हुन थालेको नेपालको धितोपत्र बजारमा सुरुमा ३२ जना दलाल भए पनि हाल २३ जना मात्र सक्रिय छन् । २७ जना दलाल थप्नका लागि दुई वर्षभन्दा अगाडिदेखि सुरु भएको प्रक्रिया धितोपत्र र स्टक एक्सचेन्जको ढिलाइ तथा अदालतमा मुद्दा परेको आदि कारणले अलपत्र अवस्थामा छ । 

सेयर दलालहरूको काम गर्ने शैली प्रायः एउटै छ । बिहान उठेपछि आज कतिको कारोबार हुन्छ र त्यसबाट आफूलाई कति कमिसन आउँछ भन्ने कुराको लेखाजोखा गरेपछि ध्यान दैनिक कारोबारतर्फ उन्मुख हुन्छ । दलालहरूले कार्यालय नखुल्दै आफ्ना ठूला ग्राहकसँग अघिल्लो दिनको कारोबारको समीक्षा गर्दै त्यस दिनको कारोबारको सम्भावित अवस्थाको बारेमा कुरा गर्छन् । कतिले त त्यही बेला मौखिक रूपमा खरिद बिक्रीको अर्डरसमेत लिन्छन् । ‘कुनै बिहान त पूजा पनि राम्रोसँग गर्न पाइँदैन ।’ उनको भनाइ छ ।

वर्ष ५, अंक १५, २०६६, मंसिर २९–पुस ४
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्