ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कांग्रेसको सकारात्मक कदम

२०७७ बैशाख, २६  
पाठक विचार
NA

कोरोना र लकडाउनका कारण देशको अर्थतन्त्र संकटमा परिरहँदा सत्तारूढ दल नेकपा सत्ता संघर्षमा फसेको छ भने अर्थतन्त्रको समस्यालाई सम्बोधन गर्न नसकिरहेको आरोप लागेको छ । यही बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वअर्थमन्त्री डा.रामशरण महतको संयोजकत्वमा १४ सदस्यीय अर्थतन्त्र केन्द्रित विशेष समिति गठन गरेको छ । समितिले तत्कालीन रूपमा अत्यावश्यक राहतबारे सुझाव, अल्पकालीन रूपमा आगामी बजेटको प्राथमिकताबारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्रबारे दूरगामी दृष्टिकोण निर्माण गर्ने कांग्रेसले बताएको छ । जिम्मेवार प्रतिपक्षको काम सरकारको कमजोरीलाई देखाउनु हो, आवश्यक सुझाव दिनु हो । सरकार कोरोनाबाट अर्थतन्त्रमा परेको असरबारे सही तथ्यांक दिन नसकिरहेको अवस्थामा प्रतिपक्षी दलले गरेको यो प्रयास प्रशंसनीय छ ।

राम तामाङ
जोरपाटी, काठमाडौं ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्