ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पूँजीगत लाभकरको विवाद

२०७७ बैशाख, २६  
पाठक विचार
NA

कोरोना भाइरसका कारण देशको सबै क्षेत्रले क्षति बेहोरेका छन् । ठूलाठूला उद्योगी र व्यवसायीले कर छूट, सस्तो कर्जा आदिको माग गरिरहेका छन् र सरकारले केही राहत पनि दिइरहेको छ । तर, डेढ महीनादेखि बन्द रहेको शेयरबजारका कारण लाखौं लगानीकर्ताले पनि आफ्नो लगानी गुमाएका छन् । शेयरबजार अर्थतन्त्रको ऐना मानिन्छ । तर, नेपालको शेयरबजारमा पूँजीगत लाभकरको सामान्य विवाद पनि सरकारले सम्बोधन गर्न चासो दिएको छैन । शेयरबजारबाट कसरी धेरै कर उठाउन सकिन्छ भन्ने सोच भएको सरकार बजारलाई स्थायित्व दिन र लगानीकर्ताको संरक्षण गर्न भने पछि हटेको पाइन्छ ।

शेयरबजारमा कारोबारी र दीर्घकालीन लगानीकर्ता हुन्छन् । तर, सरकारले दीर्घकालीन लगानीकर्ताका लागि नाममात्रको कर लिनु उपयुक्त हुन्छ । धेरै पहल गरेपछि थोरै अन्तर त बनाइएको छ तर त्यो पर्याप्त छैन । अर्को, कर गणनालाई पूर्ण स्वचालित बनाउने र निर्धारित कर नै आधिकारिक र अन्तिम हुने कानूनी व्यवस्था गर्नुपर्ने हुन्छ । शेयर विक्री गरेपछि कर कट्टी हुने तर त्यो अन्तिम कर नहुने व्यवस्थाले लगानीकर्ता तर्सिएका छन् । एकपटक पूँजीगत लाभकर गणना भई कर कट्टीसमेत भइसकेको अवस्थामा त्यसलाई अन्तिम मान्न सरकारलाई केको आपत्ति हो ?

हरि तिवारी
नक्साल, काठमाडौं ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्