ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शाखा खोल्न सवा दुई अर्ब

२०७६ माघ, २८  
१० वर्ष अघि
NA


नेपालमा कुनै पनि विदेशी बैंकले पहिलो शाखा खोल्दा रू. २ अर्ब २५ करोड ( ३ करोड अमेरिकी डलर) नेपाल राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने भएको छ । त्यसपछि थप शाखा खोल्दा हरेक शाखाको ५० लाख डलर (करिब ७ करोड ५० लाख रुपैयाँ) जम्मा गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि राष्ट्र बैंकले विदेशी बैंकलाई नेपालमा शाखा खोल्न ३ अर्ब रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्थासहितको नियमावलीको मस्यौदा तयार गरेर सरोकारावालाहरूबीच छलफल चलाएको थियो । तर अहिले पुँजी घटाएर २ अर्ब २५ करोडमा सीमित गरिएको छ । नेपालमा विश्व व्यापार संगठन (डब्लुटीओ) को प्रावधान आउँदो जनवरी १ तारिखदेखि लागू हुँदैछ । त्यसपछि विश्वका कुनै पनि देशका बैंकहरूले नेपालमा आफ्नो शाखा खोल्न सक्नेछन् । सोही कुरालाई ध्यानमा राखी नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको हो ।

राष्ट्र बैंकद्वारा आइतबार जारी विज्ञप्ति अनुसार विदशी बैंकका नेपालस्थित शाखा कार्यालयहरूले थोक बैंकिङ कारोबार मात्र गर्न पाउनेछन् । जसमा निक्षेप परिचालनका लागि प्रत्येक निक्षेप १० करोड रुपैयाँ भन्दा कम हुन नसक्ने र ३० करोड रुपैयाँ भन्दा कम कर्जा दिन नपाइने व्यवस्था गरिएको छ । नेपालका शाखा कार्यालयबाट कमाएको रकम सम्बन्धित देशले राष्ट्र बैंकको स्वीकृतिमा आफ्नो देशमा लैजान पाउने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । त्यस्तै कुनै पनि बैंकको प्रधान कार्यालय खारेज भए वा लिक्विडेसनमा परेमा नेपालमा रहेका शाखा कार्यालय पनि खारेज गर्न सकिने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । 

वर्ष ५, अंक १५, २०६६, मंसिर २९–पुस ४

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्