ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

थुप्रो तह लगाउन धमाधम आलु बाँड्दै अमेरिकी कृषक

२०७७ बैशाख, २७  
र यो पनि
Image Not Found

वैशाख २७, वाशिङटन डीसी (अमेरिका) । कोरोना भाइरसको महामारीका कारण विश्वको आपूर्ति शृङ्खलामा व्यापक समस्या उत्पन्न भएको छ । कतै माग धेरै छ आपूर्ति ठप्प छ । कतै उत्पादित वस्तुको थुप्रो तह लगाउनै मुस्किल छ क्रेता छैनन् । 

हाम्रै देशमा पनि केही समय अघि महामारीका कारण ढुवानीमा समस्या उत्पन्न भएपछि किसानहरुले बाटोमा दूध फालेको, तरकारी खेतबारीमै कुहिएको लगायत समाचार सुन्नमा आएका थिए । 

अमेरिकामा भने खेर जाला भनेर कृषकले सयौं किलो आलु सित्तैमा बाँडेका छन् । बिहीवार पश्चिम वाशिङटनमा टिना येट्स नामक कृषकले सडकमा आलु बाँडेकी थिइन् । रेष्टुराँ, विद्यालय र होटलहरु बन्द भएपछि किसानहरुलाई आफूले उब्जाएको सामाग्री टोक्नु न बोक्नु भएको छ । किसानहरुसामु आफूसँग भएको वस्तु बेच्ने ठाउँ छैन । 

इडाहोपछि वाशिङटन अमेरिकामा सबैभन्दा धेरै आलु फल्ने राज्य हो । सामान्य अवस्थामा त्यहाँ फ्रेन्च फ्राइजलगायत खाद्य वस्तुमा आलु प्रयोग हुन्थ्यो । तर अहिले रेष्टुराँ होटलहरु बन्द भएपछि जुलाईमा नयाँ आलु भित्र्याउने बेला अघि नै किसानहरुले पुुरानो आलु तह लगाउन अनेक उपायहरु खोजिरहेका छन् । 

यस्तोमा आफूहरुले १ लाख पाउन्ड आलु सित्तैमा बाढिरहेको वाशिङटन स्टेट पोट्याटो कमिशनले बताएको छ । आलु भण्डार रित्याउन वाशिङटनमा अहिले देखि जुलाई ४ को बीचमा हरेकले करीब ५०० पाउन्ड खालु खानु पर्ने संगठनका बजार निर्देशक ब्रान्डी टकर भन्छन् । 

वाशिङटनमा उत्पादन हुने आलुको करीब ९० प्रतिशत फ्रेन्च फ्राइजलगायत खाद्य वस्तु बनाउन प्रयोग हुन्छ । यूरोपेली आलु उत्पादकहरुलाई पनि यही अर्बौ किलो आलु कसरी तह लगाउने भन्ने चिन्ता छ । बेरोजगारी दर बढ्दै गएको बेलामा अमेरिकामा फूड बैंक (गरिबहरुलाई सित्तैमा खानेकुरा बाढ्ने गैर–नाफामुलक संगठन)मा खानाको माग पनि बढेको छ । 

यस्तोमा धेरैजसोले यही  फूड बैंकहरुलाई आलु दान दिइरहेका छन् । अनि केहीले भने बाटो हिड्ने बटुवाहरुलाई किलोका किलो आलु थमाइरहेका छन् । मेको अन्त्यसम्ममा फूड बैंकहरुमा एक दर्जन भन्दा बढी दान दिने कमिशनको योजना छ । 

तर यसरी आलु दान दिँन पनि खर्च नै लाग्छ । आलुलाई राम्ररी पखाल, प्याकेट बनाउ, ढुवानी गर । तर कुहाएर फाल्नु भन्दा अरुलाई दियो भने खेर त जाँदैन । 

किसानहरुलाई महामारीको मारबाट बचाउन अमेरिका सरकारले उनीहरुसँग भएको खाद्य वस्तु किन्न करोडौं डलर खर्चिरहेको छ । अमेरिकी कृषि मन्त्रालयले यस हप्ता अतिरिक्त ४७ करोड डलर बराबरको कृषि उपज किन्दैछ । यसमध्ये ५ करोडको आलु फूड बैंकलाई दिइनेछ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्