ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सांग्रिलामा सपना व्यापार

२०७६ माघ, २९  
१० वर्ष अघि
NA


नेपाललाई सांग्रिला अथवा स्वप्नलोक बनाउने महत्वाकांक्षी योजनालाई हाम्रो नेता, सरकार र घुम्ने कुर्चीमा विराजमान बडे हाकिमहरूले मौखिक व्यापार नै बनाएका छन् । स्वप्न लोकमा गरिने सबैभन्दा लाभदायी व्यापार केको होला ? प्रष्टै छ : 

त्यो व्यापार सपनाको नै हो ।

नेपालमा सबभन्दा बढी फस्टाएको नै सपनाको व्यापार हो । नेपालीहरू अचेल रातमा पनि दिनमा पनि सपनाको नै कारोबार गर्छन् । सम्साँझैदेखि दैनिक  लोडसेडिङ छ । त्यसैले रातमा सपना उत्पादनका लागि नेपालीहरूले थप समय पाएका छन् । दिनमा हुने सपनाका व्यापार झन् लोभलाग्दा र अर्बौं बजेटका छन् । 

नेपालको अपार जलस्रोत दोहन गरी बिजुली उत्पादन तथा बिक्री गरेर देश विकास गर्ने एउटा यस्तै सपना हो । हाम्रा राजनेता र योजनाकारहरूले तीसौं वर्षदेखि यो सपना दिँदै आएका छन् र हामी जनता त्यही सपना देखेर भविष्यप्रति आशावादी छौं । तर तामाकोशी होस् वा कर्णाली, अरुण होस् या  पश्चिम सेती, ठूला हुन् वा साना सबै खालका विद्युत् आयोजनाको उज्यालो बाल्ने सपना बोकेको नेपालीहरू  अहिले फेरि पाँँच पुस्ता पहिलेका  पूर्वजहरूले झै घुर्मेलो दियालो बाल्न थालेका छन् । तैपनि उनीहरूको त्यो सपनामाथि विश्वास टुटेको छैन । कम्तीमा यो पुस्ताले ती कुनै योजनाबाट उत्पादित बिजुली बाल्न नपाउने पक्का छ । नेपालमा भए जति सबै नदी वा खोलाको लाइसेन्स ओगटेर आयोजनाका निर्माण होइन नाफाको च्याँखे थापेर बसेका कसैलाई पनि सोध्नोस् यो वा ऊ समस्याका कारण सबै आयोजना अब वीरबलको खिचडीमा परिणत भएका छन् । 

(तीतोमीठोबाट) 
वर्ष ५, अंक १५, २०६६, मंसिर २९–पुस ४

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्