ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

इन्फिनिटी लघुवित्तको नाफा ६६.७६ % बढ्दा जगेडा कोष १५१ % बढ्यो 

२०७७ बैशाख, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २८, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा गत वर्षभन्दा ६६ दशमलव ७५ प्रतिशतले बढी नाफा कमाएको छ ।

त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गर्दै कम्पनीले यस वर्ष रू. ३ करोड ६५ लाख ८० हजार खुद नाफा गरेको हो । यो नाफा गत वर्षको त्रैमासिक अवधिसम्म रू. २ करोड १९ लाख ३६ हजार थियो ।

गत वर्षको जेठमा सर्वसाधारणलाई आईपीओ जारी गरेको  उक्त कम्पनीको चुक्तापूँजी हाल रू. २२ करोड ८१ लाख ४० हजार छ । यस वर्ष कम्पनीले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको छ । 

कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा १५१ प्रतिशत बढी अर्थात् रू. ६ करोड ८२ लाख २२ हजार कायम छ । यस वर्ष रू. १ अर्ब ५ करोड ३६ लाख विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा सापट लिएको उक्त कम्पनीले गत वर्षभन्दा करीब ४५ प्रतिशत बढी  अर्थात् रू. १ अर्ब ९४ करोड ३७ लाख ६६ हजार कर्जा प्रवाह गरेको छ ।

उक्त कम्पनीले निक्षेप संकलन भने गत वर्षभन्दा यस वर्ष ४० दशमलव ७९ प्रतिशत बढी अर्थात् रू. ६४ करोड ३१ लाख २ हजार गरेको छ  । गत वर्ष १ दशमलव शून्य १ प्रतिशत रहेको उक्त कम्पनीको निष्क्रिय कर्जा यस वर्ष २ दशमलव ६९ प्रतिशत पुगेको छ ।

 कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. २१ दशमलव ३८ र प्रतिशेयर नेटवर्थ रू. १२९ दशमलव ९० छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्