ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

घरमै बसेर एयरप्लेन फूड अर्डर गर्दै मानिसहरु

२०७७ बैशाख, २८  
र यो पनि
Image Not Found

वैशाख २८, वाशिङ्टन डीसी (अमेरिका) । कोरोना भाइरसको महामारीका कारण घरबाट निस्कन मुस्किल छ । हवाई यात्रा फाटफुट मात्रै छ । 

मानिसहरुलाई अहिले घुमफिर मात्रै होइन होटल रेष्टुराँमा गएर खान समेत तलतल छ । कतिपय मानिसहरुले यात्रालाई यति धेरै ‘मिस’ गरिरहेका छन् कि घरमै बसेर हवाई सेवा प्रदायक कम्पनीहरुले विमानमा दिने खाना खाजा अर्डर गरिरहेका छन् । 

सस्तोमा खानेकुरा बेच्ने अनलाइन मञ्च इम्पर्फेक्ट फूड्जले खाना खेर जान नदिन यसै हप्ता जेट ब्लु एयरलाइनको चिज र स्न्याक्स ट्रेहरु बेचेको थियो ।

कम्पनीले तीन औंस तौल भएको मिक्स्ड चिज, चेरी र क्र्याकरको मूल्य २ डलर ९९ सेन्टमा बेच्यो । २ महिनाअघि अमेरिकामा महामारी देशव्यापी बनेपछि हवाई यात्रामा कमी आएसँगै विमान सेवा कम्पनीलाई खानेकुरा आपूर्ति गर्नेहरुकहाँ माग घटेको थियो । 

त्यति बेला देखि शुरु भएको यो क्रम अहिले उच्च छ । उनीहरुसँग भएको आपूर्ति खेर जान नदिन आफूहरुले क्रेतालाई खानेकुरा बेचिरहेको इम्पर्फेक्ट फूडसका प्रमुख कार्यकारी फिलिप बेह्नले बताएका छन् । 

तर उनीहरुसाग आपूर्ति धेरै भएको र आफूहरुले त्यसको सानो हिस्सा मात्र विक्री गर्न सकेको उनको भनाइ छ । कोभिड–१९ का कारण खेर गएको खानेकुरा जोगाउने यो पहिलो अवसर भएको उनको भनाइ छ । 

कम्पनीले अहिलेसम्म करीब ४० हजार थान चिज र स्न्याक टे« बेचेको छ । रेष्टुराँ, होटल वा यात्रा र विलासी व्यवसायका लागि भनेर बनाइएका करोडौं पाउन्ड खानेकुराका लागि सयौं क्लाइन्टले क्रेता खोजिरहेको छन् । 

तर यी खानेकुरा खुद्र उपभोक्ताका लागि आकर्षक छैन । न त खुद्रा पसलमा बेच्न नै प्याकेजिङ गरिन्छ । यद्यपि, हवाई यात्रा धेरै ‘मिस’ गर्नेहरुले भने यि खानेकुराहरु अर्डर गरिरहेका छन् । एजेन्सी  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्