ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

१ अर्ब बढी बीमाशुल्क आर्जन गरेको सिद्धार्थ इन्स्योरेन्सको नाफामा भने कमी

२०७७ बैशाख, २९  
लगानी
Image Not Found

वैशाख २९, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सिद्धार्थ इन्स्योरेन्स कम्पनीले रू. १ अर्ब ४९ करोड ८१ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ । 

यो रकम गत वर्ष यस अवधिसम्म रू. १ अर्ब ३४ करोड ३३ लाखभन्दा बढी थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीले साढे ११ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको हो ।

गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफामा भने ११ दशमलव ४२ प्रतिशत कमी आएको छ । गत वर्ष तेस्रो त्रैमाससम्म रू. १८ करोड १० लाखभन्दा बढी खुद नाफा गरेको यो कम्पनीले यस वर्ष सोहि अवधिसम्म रू. १६ करोड ३ लाखभन्दा बढी मात्र खुद नाफा गरेको हो । 

यस वर्ष गत वर्षभन्दा ६ दशमलव ३६ प्रतिशतले आम्दानी घट्दा कम्पनीको नाफा घटेको हो । गत वर्ष रू. ३० करोड ७६ लाखभन्दा बढी आम्दानी गरेको यो कम्पनीले यस वर्ष रू. २८ करोड ८० लाखभन्दा बढी आम्दानी गरेको हो ।

यस वर्ष १५ दशमलव ४८ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी वृद्धि गरी रू. १ अर्ब पुर्‍याएको छ । जगेडा कोष रकममा गत वर्षभन्दा १३ दशमलव २२ प्रतिशत कमी भएको छ । 

गत वर्ष रू. २४ करोड ४७ लाखभन्दा बढी रहेको जगेडा कोष रकम यस वर्ष रू. २३ करोड ८४ लाखभन्दा बढी कायम भएको छ । कम्पनीको बीमा कोषमा रू. ७५ करोड ७६ लाखभन्दा बढी रकम छ । 

गत वर्ष तेस्रो त्रैमाससम्म ८९ हजार ७८३ बीमालेख जारी रहेकोमा यस वर्ष सोहि अवधिसम्म यो संख्या १ लाख ३ हजार ९३३ रहेको छ । गत वर्ष रू. ८५ करोड ६९ लाखभन्दा बढी दाबी भुक्तानी गरेको यो कम्पनीले यस वर्ष रू. ६६ करोड ९२ लाखभन्दा बढी दाबी भुक्तानी गरेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement