ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिप्रदीयनले दियो म्याजिक चालकलाईखाद्य सामग्री

२०७७ बैशाख, ३०  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

चितवन । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी टे«डिङद्वारा स्थापित सिप्रदीयन सहायता संस्थाले चितवनका १०० जना म्याजिक चालकलाई खाद्य सामग्री वितरण गरेको छ । सिप्रदीको चितवनस्थित आधिकारिक डिलर सफल मोटर्स र संयुक्त रूट व्यवस्थापन समिति, भरतपुरको समन्वयमा उनीहरूलाई १ महीनाका लागि पुग्ने खाद्य सामग्री वितरण गरेको बताइएको छ ।

स्थानीय रूटमा चल्ने म्याजिक चालकहरू लकडाउनका कारण मारमा परेकाले राहतस्वरूप चामल, दाल, तेल, नूनलगायत खाद्य सामग्री वितरण गरिएको सफल मोटर्सका प्रबन्ध निर्देशक गोपाल भट्टराईले जानकारी दिए । लामो समयमसम्म उनीहरू कामबिहीन भएको र परिवार धान्न अप्mठेरो पर्दै गएको गुनासो बढेपछि राहत वितरण गरिएको उनको भनाइ छ ।

चालकहरूले गाडी चलाउन नपाएको र विकल्पको रूपमा अन्य रोजगारीसमेत नपाएका कारण उनीहरू समस्यामा परेपछि राहत वितरण गरिएको सफल मोटर्स, भरतपुरका शाखा प्रमुख विश्वबन्धु श्रेष्ठले बताए । हाल जिल्लाका स्थानीय रूटमा चल्ने १०० जना चालक परिवारलाई राहत वितरण गरिए पनि लकडाउन लम्बिएसँगै यसलाई निरन्तरता दिँदै जाने उनको भनाइ छ ।

यस्तै संयुक्त रूट व्यवस्थापन समितिका संयोजक चिनीबहादुर बोहोराले कोरोना महामारीको कठीन परिस्थितिमा यातायात व्यवसायीसमेत मारमा परेकाले राहत दिन नसकेको अवस्थामा सिप्रदीयनले गरेको सहयोगको प्रशंशा गरे । त्यसैगरी भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले महामारीको समयमा राज्य र स्थानीय सरकारको पहल मात्र पर्याप्त नहुने भन्दै सिप्रदीयनले गरेको सहयोग महत्वपूर्ण रहेको बताए ।

गत साता सिप्रदीयन सहायता कोष र सफल मोटर्सको सहकार्यमा भरतपुर महानगरपालिका–३ का विपन्न ४० घरपरिवारलाई राहत वितरण गरिएको थियो । सिप्रदीयन संस्थाले विपद्को समयमा राहतका साथै जिल्लाका विभिन्न विद्यालय तथा स्वास्थ्यका क्षेत्रहरूमा पनि सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्